पाेखरामा दोहोरी प्रतियोगिता हुने

समाधान संवाददाता २०८० असार ७ गते ११:४१

पोखरा ।
पोखराको चिप्लेढुंगामा सञ्चालनमा रहेको विन्दवासिनी दोहोरी साँझले अन्तर दोहोरी साँझ स्तरीय दोहोरी गीत प्रतियोगिता गर्ने भएको छ । दोहोरी साँझको शुभारम्भ विशेष साँगीतिक कार्यक्रम अन्तर्गत यही असार २२ देखि २६ गतेसम्म प्रतियोगिता गर्न लागेको सञ्चालक वीरेन्द्र केसीले जानकारी दिए ।


प्रतियोगितामा पोखरामा सञ्चालित दोहोरी साँझहरुले भाग लिन पाउनेछन् । दोहोरी प्रतियोगितामा प्रथम हुने समूहले ३० हजार, द्वितीय समूहले २० हजार, तृतीयले १० हजार र सान्त्वना हुने समूहले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


प्रतियोगितामा भाग लिने समूहले असार २० गतेसम्म टिम दर्ता गराइसक्नुपर्ने छ । दोहोरी सञ्चालक केसीका अनुसार प्रतियोगिता दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ भने ७ बजेदेखि १ बजेसम्म शुभारभ विशेष सांगीतिक कार्यक्रम रहनेछ । साँगीतिक कार्यक्रममा चर्चित कलाकारहरुको विशेष प्रस्तुति रहनेछ । शुभारम्भ अवधिमा विशेष छुटको पनि व्यवस्था गरिएको उनले सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया