‘दी एलिमेन्टस ब्यान्ड’ को प्रस्तुति असार ८ मा

समाधान संवाददाता २०८० असार ८ गते १२:१७

पोखरा ।
‘दी एलिमेन्टस ब्यान्ड’ले आफ्ना लोकप्रिय गीतहरुका साथ पोखरामा प्रस्तुति दिन आउँदै छ । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिलमा असार ८ गते शुरक्रबार साँझ लाइभ कन्सर्टका लागि आउँदै छ । दी एलिमेन्टस ब्यान्डमा इशान ओन्टा गायक, ड्रम्समा दीपेश गुरुङ र गीतारमा रौनकसिंह अधिकारी छन् ।


उनीहरुले ‘अल्लारे’, बिर्सिने हाउ कि, तसैला हिँडे म, पुतली, सपनाको मायालु, लगायत गीतहरु प्रस्तुति दिने छन् । उनीहरुमा अद्भूत भाइबहरू सिर्जना गर्ने क्षमता रहेको प्याराडिसोका म्यानेजर हरि पौडेले बताए । उनले दी एलिमेन्टस ब्यान्ड प्रशंसक र शुभचिन्तक बीच लोकप्रिय रहेको बताए ।


मध्यरातसम्म लाइभ कन्सर्ट चल्ने छ । कार्यक्रमको टिकट १ हजार र ५ सय रुपैयाँ पौडेलले बताए । उनले क्युआरकोड प्रयोग गरेर इसेवाबाटै अग्रिम टिकट लिन र अग्रिम टेबल बुकिङ गर्न सकिने बताए । टेबल बुकिङ गर्नेका लागि प्रवेश शुल्क नलाउने उनको भनाई छ ।

Advertisement


दी एलिमेन्ट्स ब्यान्डले वास्तविक जीवनका कथाहरू बताउँछ । उनीहरूको सम्बन्धित संगीत गीतहरूले युवा पुस्ताको ध्यान तान्ने गरेको छ । उनीहरुको संगीतका प्याटनलाई धेरैलाई मन पराएको बताउँदै पौडेले नेपाली सांगीतिक क्षेत्रमा उदाउँदो तारा बनाएको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया