संगीत दिवसमा गायन प्रतियोगिता

समाधान संवाददाता २०८० असार ८ गते १३:३७

पोखरा ।
विद्यालय स्तरमा लोकगीतका गतिविधिलाई पु¥याउन राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले बुधबार कास्की जिल्लाव्यापी अन्तर विद्यालय स्तरीय एकल लोक गायन प्रतियोगिता गरेको छ ।


४१ औं विश्व संगीत दिवसको सन्दर्भमा गीतकार प्रतिष्ठान नेपाल र पोखरा संगीत समूहको सहआयोजना तथा करुणनिधि एजुकेसन फाउन्डेसन (केफ) माध्यमिक विद्यालयको व्यवस्थापनमा प्रतियोगिता भएको प्रतिष्ठानका अध्यक्ष राजन कार्कीले जानकारी दिए ।


प्रतिष्ठान नेपाल गण्डकीले आयोजना गरेको प्रतियोगितामा राष्ट्रिय माध्यमिक विद्यालय टुंडिखेलका विजय विक प्रथम भए ।

Advertisement

कास्कीका १८ विद्यालयका विद्यार्थीले भाग लिएको प्रतियोगितामा गौरीशंकर माध्यमिक विद्यालय हेमजाका अर्जुन विक द्वितीय र केफ माध्यमिक विद्यालयकी आयुषा पराई तृतीय भएको कार्यक्रम संयोजक तथा प्रतिष्ठान नेपाल गण्डकीका द्वितीय उपाध्यक्ष प्रेमराज अधिकारीले जानकारी दिए ।


प्रतियोगितामा बेसलाइन माध्यमिक विद्यालय कुँडहरका मन्दीप अधिकारी, अक्फोर्ड सेकेन्डरी स्कुल बाँझापाटनका प्रिन्स लम्साल र सत्यसाई विद्याश्रम पोखराका सविर पुनमगरले सान्त्वना पुरस्कार जिते ।

Advertisement


प्रतियोगितामा कालिका माध्यमिक विद्यालय रामबजारका रितेश विकले प्रोत्साहन पुरस्कार पाएका छन् । प्रतियोगिता संयोजक अधिकारी अनुसार प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, सान्त्वना र प्रोत्साहन पुरस्कार क्रमशः ८ हजार, ६ हजार, ४ हजार, २ हजार र १ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगिताको प्रमुख निर्णायकमा प्रतिष्ठानका प्रशासनिक सचिव जीवन दाहाल र निर्णायकहरुमा केन्द्रीय सचिव घनश्याम रिजाल, तारापति सुवेदी र दिवस थापा थिए ।


अग्रज लोक गायिका हरिदेवी कोइरालाले उद्घाटन गरेको प्रतियोगितामा प्रतिष्ठान नेपालका केन्द्रीय सचिव शंकरविरही गुरुङ, प्रतिष्ठान नेपाल गण्डकीका सचिव रामजी पौडेल, केफ माध्यमिक विद्यालयका प्राचार्य डिल्लीराम अधिकारी, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल गण्डकी अध्यक्ष वसन्त बास्तोला र गीतकार प्रतिष्ठान नेपालका अध्यक्ष हरिहर खनियाले विश्व संगीत दिवसको बारेमा बोलेका थिए । प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य रेशम निर्दोषले गीत तथा विद्यार्थी सुहाना तिवारीले नृत्य प्रस्तुत गरेकी थिइन् ।


यसैबीच यसैगरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कास्कीले बुधबार पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा सरसफाइ गर्दै विश्व संगीत दिवस मनाएको कास्कीका अध्यक्ष तुलसी क्षेत्रीले जानकारी दिइन् । सरसफाई कार्यक्रममा प्रतिष्ठान नेपालका केन्द्र, गण्डकी प्रदेश र कास्की जिल्लाका पदाधिकारी तथा सदस्य गरी ४० जनाको सहभागिता थियो । प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय अध्यक्ष तथा संरक्षक प्रजापति पराजुलीले प्रतिष्ठान नेपाल कास्कीका अध्यक्ष क्षत्रीलाई कुचो हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरे ।


उनले दोहोरीका कलाकार गीत गाउने, नाँच्ने, पैसा माग्ने भन्दा अरु काम गर्दैनन, भन्ने नकारात्मक धारणालाई सरसफाई कार्यक्रमले मेटाएको बताए । उनले रक्तदान, मानवसेवा आश्रमलाई सहयोग लगायत रचनात्मक र सिर्जनात्मक कार्यक्रम गरेको उल्लेख गरे । प्रतिष्ठान नेपाल कास्कीका अध्यक्ष तुलसा क्षेत्री, द्वितीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक दिपक अधिकारी, कार्यवहाक सचिव रचित पौडेल विश्व संगीत दिवसका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया