रिट्ठेपानीमा पहिरोमा परी दुई गाई मरे

समाधान संवाददाता २०८० असार ८ गते १४:०५

लेखनाथ ।
रिठेपानी डाँडामा पहिरोले गोठ बगाउँदा दुई वटा गाईको मृत्यु भएको छ । बिहीबार राती गएको पहिरोमा परी नरबहादुर भण्डारीको गाई मरेका हुन् ।


पहिरोले नारायण भण्डारी र मोहन पुनले लगाएको चैते धानमा क्षती पुगेको भण्डारीले बताए । सिंचाईका लागि प्रयोग हुने नहर समेत पुरिएकाले वर्खे धान रोपाइ प्रभावीत हुन सक्ने भन्दै सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।


नरबहादुर भण्डारी, डीलमाया भण्डारी र अनिता भण्डारीको घर पहिरोको उच्च जोखिमा रहेको नरबहादुर भण्डारीले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया