नेटा इभीको आधिकारिक सोरुम पोखरामा पनि

पोखरा
सिजी मोटर्सले विद्युतीय गाडी नेटाको आधिकारिक सोरुम पोखरामा पनि खोलेको छ । नेटाको आधिकारिक सोरुम काठमाडौंपछि दोस्रो पोखरामा खुलेको हो । पोखराको अर्चलबोटस्थित सिजी प्लाजामा नेपालका लागि चिनिया राजदूतले छन् सोङले शुक्रबार नेटा इभी गाडी सार्वजनिक गरे ।
राजदूत सोङले नेटा गाडीका सुरुआती ग्राहकहरु सिर्जना श्रेष्ठ र सागर थापा लगायतलाई गाडीको सांकेतिक चाबी हस्तान्तरण गरे । सिजी मोटर्सका सिइओ हेमन्त अग्रवालले राजदूत सोङलाई सोरुमको अवलोकन गराउँदै विद्युतीय गाडीका विशेषताहरु बताए । सिजी मोटर्सले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटोको क्रसओभर कार नेपाली बजारमा ल्याएको हो ।
नेटा विद्युतीय गाडी यात्रुबहाक ट्याक्सी र निजी कारका रुपमा प्रयोग गर्न मिल्ने गाडी हो । नेटा भी कारमा सिएटिएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री छ । नेटा भी कार एक पटकको फुल चार्जमा ३८० किलोमिटर भन्दा बढी रेन्ज दिने कम्पनीले जनाएको छ।

नेटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको छ । यसको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कारसँगै ६.६ किलोवाटको चार्जर उपलब्ध छ । फास्टचार्जबाट ४५ मिनेटमै र घरमा ५ देखि ७ घन्टामा कार पूरै चार्ज गर्न सकिन्छ । नेटा भीको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा छ । गण्डकी प्रदेशका लागि नेटाको आधिकारिक बिक्रेता विश्वकर्मा अटोमोबाइल नयाँ बजार पोखरा हो ।
गाडीका विशेषता
लम्बाई – ४ हजार ७० एमएम
चौडाई – १६ सय ९० एमएम
उचाई – १५ सय ४० एमएम
ह्वीलवेस– २४ सय २० एमएम
कर्ब तौल– १ हजार १ सय ५१ किलोग्राम
अधिकतम गति– १ सय १ किलोमिटर प्रतिघण्टा
शून्यदेखि ५० किलोमिटर प्रतिघण्टा ३.९ सेकेन्डमा
ग्राउन्ड क्लियरेन्स– १ सय ६० एमएम
ब्याट्री– ३८.५ केडब्लूएच सिएटिएल लिथियम
मोटरको पावर– ७० केडब्लु र ९० पीएस
चार्जिङ स्ट्यान्डर्ड– सीसीएस२
अधिकतम टर्क– १ सय ६० एनएम
१४.६ इन्चको इन्टेलिजेन्ट कन्ट्रोल स्क्रिन
सिट क्षमता– ५
बुट स्पेस– ३ सय ३५ लिटर

तपाईको प्रतिक्रिया