आँखा उपचार केन्द्रहरुको योजना तर्जुमा गोष्ठी

समाधान संवाददाता २०८० असार १० गते १३:१०

पोखरा ।

नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल पोखरा अन्र्तगत कर्णाली प्रदेशमा सञ्चालित आँखा उपचार केन्द्रहरुको वार्षिक कार्ययोजना तर्जुमा गोष्ठी भएको छ । हिमालय आँखा अस्पताल पोखराको आयोजना तथा आइ केयर फाउन्डेसनको आर्थिक सहयोगमा सुर्खेतमा कार्यक्रम भएको हो ।


कार्यक्रममा नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित ९ आँखा उपचार केन्द्रहरुका प्रमुख सहभागी थिए । केन्द्र प्रमुखहरुले आ–आफ्नो आँखा उपचार केन्द्रले प्रवाह गरेका सेवा, आगामी वर्षको योजना, सम्भावना र समस्याबारे बोलेका थिए ।

Advertisement


आँखा उपचार केन्द्रको अवस्था र आगामी आर्थिक वर्ष २०८०÷०८१ मा विभिन्न सरोकारवाला संघ संस्थाको सहकार्यमा गर्न सकिने कार्यबारे पनि छलफल भएको छ । कार्यक्रमबाट आँखा उपचार केन्द्रहरुले आगामी आर्थिक वर्ष सम्पादन गर्ने कार्यको योजना तर्जुमा गरिएको छ ।


नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा कर्णाली प्रदेशमा नेपाल नेत्रज्योति संघ जिल्ला शाखा तथा स्थानीय तहबाट ९ आँँखा उपचार केन्द्र सञ्चालनमा छन् । हिमालय आँखा अस्पतालका मेडिकल डाइरेक्टर प्राडा इलिया श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नेत्रज्योति संघ केन्द्रीय उपाध्यक्ष प्राडा दिलबहादुर क्षेत्री, सुर्खेत आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा मनिष खतिवडा, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा कालिकोटका सभापति खडानन्द पाण्डे, जुम्लाका सभापति जगदीश चौलागाई लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया