रामबाच्छामा उद्घोषण तालिम

समाधान संवाददाता २०८० असार ११ गते १४:४३

स्याङ्जा ।
वालिङ नगरपालिका वडा नं १ को कार्यालयद्वारा आयोजित २ दिने उद्घोषण तथा भाषण तालिम सकिएको छ । रामवाच्छामा आयोजित तालिम समापन समारोहमा वालिङ नगरपालिकाका मेयर कृष्ण खाँणले लक्षित समुदायका लागि आयोजित तालिम उपलब्धिमूलक भएको जनाए ।


वडा नं १ का अध्यक्ष तथा वालिङ नगरपालिकाका प्रवक्ता पदमराज गुरुङले तालिमपछि प्रशिक्षार्थीमा आएको परिवर्तनले खुसी लागेको बताए । कार्यक्रममा वडा सदस्य शोभाकान्त काफ्ले, तमु समाज रामवाच्छाका अध्यक्ष हुमबहादुर गुरुङ, कानुङ मगर समाज रामवाच्छाका अध्यक्ष ख्यामबहादुर आले, गुरुङ राष्ट्रिय महिला परिषद स्याङ्जाका वरिष्ठ उपाध्यक्ष पमिला गुरुङ लगायतले बोलेका थिए ।


मगर र गुरुङ समुदायका विभिन्न मौलिक लोक संस्कृति प्रस्तुत गरिएको थियो । उक्त समापन कार्यक्रमा प्रशिक्षार्थी निशा गुरुङ, वडा सचिव वुद्घिसागर पंगेनी र प्रशिक्षार्थी खीनकुमारी गुरुङले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया