घरेलुचौरमा वृक्षरोपण

समाधान संवाददाता २०८० असार १२ गते ११:५०

लेखनाथ ।
पोखरा २७ को लेखनाथ क्लबले संरक्षण गर्दै आएको घरेलुचौर खेल मैदानवरपर विभिन्न जातका विरुवा लगाइएको छ ।


क्लबले वर्षैदेखि संरक्षण गर्दै खेलमैदान स्तरोन्नति गर्दै आएकोमा पछिल्लो समय शिरिष र कपुरका विरुवा लगाइएको हो । पूर्व न्यायाधीश वासुदेव न्यौपानेले विरुवा रोपेर कार्यक्रम सुरुआत गरे ।


कार्यक्रमा लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, कार्यसमितिका सदस्य ध्रुवबाबु भट्टराई, क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठ, सचिव सन्तोष सापकोटा लगायतले विरुवा रोप्नुमात्र ठूलो कुरा नभई लगाएका विरुवाको उचित रुपले संरक्षण गर्नुपर्नेमा जोड दिए ।

Advertisement

तपाईको प्रतिक्रिया