लक्ष्मी हाउसलाई पोखरा पत्रकारिता सम्मान

समाधान संवाददाता २०८० असार १३ गते १३:५१
:yfkgf lbj;sf] cj;/df ;Ddfg ul/Fb} u08sL, !@ c;f/ M g]kfn kqsf/ dxf;ª3 sf:sL :yfkgf lbj; ;df/f]xdf nIdL xfp;sf cWoIf u0f]zaxfb'/ >]i7nfO{ ;Ddfg ub}{ u08sL k|b]zsf cfly{s dfldnfdGqL lhtk|sfz cfn] . tl:a/ M xl/k|;fb af:tf]nf÷/f;;

पोखरा ।
पोखरा पत्रकारिता सम्मान लक्ष्मी हाउसलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ कास्कीको ४७ औं स्थापना दिवसको अवसरमा लक्ष्मी हाउस पोखरालाई सम्मान गरिएको हो ।


गण्डकीका अर्थमन्त्री जीतप्रकाश आलेले लक्ष्मी हाउसका अध्यक्ष गणेश श्रेष्ठलाई सम्मान पत्र, दोसल्ला र मालासहित सम्मान गरे । मन्त्री आलेले पत्रकारिता पेशा नै गाह्रो पेशा भएको उल्लेख गरेका छन् । राज्यका अरु अंगले धेरै सुविधा पाउँदा चौथो अंग अझै संघर्षमा रहेको उनले जनाए । पत्रकारका नाममा केहीले नाजायज काम गरेको भन्दै त्यस्तालाई नियन्त्रणमा लिनुपर्ने आवश्यकतालाई समेत उनले औंल्याए ।


मन्त्री आलेले राज्यले सहयोग गर्‍यो भन्दैमा राज्य विरुद्ध लेख्न हुँदैन भन्नु गलत भएको तर्क गरे । उनले सोसल मिडियामा आएका विषयवस्तुलाई मात्र आधार बनाएर समाचार बनाइनु गलत भएको जनाए । आधारहीन समाचारले पत्रकारिता क्षेत्र नै धुमिल भएको तर्क उनको छ । ‘पत्रकारिताको धर्म र मर्म अनुसार सत्य, तथ्यमा आधारित समाचार आउनुपर्छ । तर यहाँ केही पत्रकारले गलत सूचनाका आधारमा समाचार लेख्दा समग्र पत्रकारिता क्षेत्रमा नै असर पुगेको छ’, आलेले भने ।

Advertisement


नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा सुरेश आचार्यले पत्रकार र पत्रकार महासंघको सदस्य फरक कुरा भएको बताए ।

उनले सबै पत्रकार महासंघको सदस्य हुन्छन् भन्ने नभएको उल्लेख गरे । व्यवसायिक पत्रकारिता आजको आवश्यकता भएको भनाइ उनको छ ।

Advertisement


नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले संस्थाको भौतिक विकास र उन्नयनमा महत्वपूर्ण भूमिका खेलेका संस्थालाई बर्सेनी महासंघले सम्मान गर्दै आएको जानकारी गराइन् । उनले कास्कीका पत्रकारिताको व्यवसायिक विकासका लागि महासंघ क्रियाशील रहेको जनाइन् ।


लक्ष्मी हाउसका पोखराका अध्यक्ष गणेशबहादुर श्रेष्ठले सत्यमा आधारित समाचार सम्प्रषण गर्न पत्रकारहरुलाई अनुरोध गरेका छन् । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्षसमेत रहेका श्रेष्ठले पत्रकारका कारण नै विन्ध्यवासिनी उच्च स्थानमा रहेको सुनाए । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको अगुवाईमा प्राकृतिक चिकित्सालय निर्माण गरी नागरिकलाई उपचारमा सहज बनाएको भनाइ उनको छ ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्माले पत्रकारिता राजनीतिक विचारका आधारमा भन्दा पनि नागरिकको आवाजलाई बुलन्द बनाउने तवरले अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा महासंघ कास्की उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, पूर्व अध्यक्ष बद्री विनोद प्रतीक लगायतले बोलेका थिए ।


सोही अवसरमा महासंघ कास्कीले २ दिने ‘पत्रकारितामा स्वार्थको टकराव’ विषयक कार्यशाला आयोजना गरेको छ ।

बुधबारसम्म चल्ने कार्यशालामा युनिभर्सिटी अफ अटवा, क्यानाडाका प्राडा भानुभक्त आचार्य र नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा सुरेश आचार्यले सहजीकरण गरेका छन् ।

तपाईको प्रतिक्रिया