दमौलीका गीतकार सागर उदासका दुई कृतिको चर्चा

समाधान संवाददाता २०८० असार १३ गते १४:१७

भक्तपुर ।
दमौली बजार, तनहुँका गीतकार सागर उदासका दुईवटा गीत संग्रहमाथि आइतबार भक्तपुरमा चर्चा गरिएको छ । सिर्जना अभियान समाजले आयोजना गरेको कार्यक्रममा उदासका फैलिन्छ कि माया र सागर सुसेली पुस्तकको चर्चा गरिएको हो ।

गीतकार हरिहर तिमल्सिना र विमला राना मगरले पुस्तकमाथि टिप्पणी गर्दै उदासका गीतहरु सरल एवम् भावपूर्ण रहेको बताए ।


बरिष्ठ गीतकार सुबासचन्द्र ढुंगेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लेखक तथा अध्येता केशव सिग्देल, समाजका अध्यक्ष धनमान श्रेष्ठ र सचिव ध्रुुव मधिकर्मीले गीतकार उदासलाई शुभकामना दिएका थिए ।

Advertisement


उदासजीका गीतहरु मर्मस्पर्शी छन्, वरिष्ठ गीतकार ढुंगेलले भने, हदयले लेखिएका गीतहरु मुटु छुने खालका छन् ।

कार्यक्रमस्थल परिपक्कव स्रष्टाहरुले भरिएको थियो । टिप्पणीकार राना मगरले पनि उदासको तारिफ गरिन् । ‘यी गीतमा आञ्चलिक स्वाद छ,’ उनले भनिन्, विम्व र प्रतीकको राम्रो प्रयोग गरिएको छ ।

Advertisement


गीतकार हरिहर तिमिल्सिनाले पनि उनका गीत माथि बोलेका थिए । लोकलयको स्वाद दिने गीतहरु मन छुने खालको भएको भन्दै उनले गीतकार उदासलाई बधाई दिए । विरही भावका गीत लेख्दै आएका उदास व्यवहारमा ज्यादै रसिक छन् । उनको खास नाम अर्जुन अधिकारी हो । भक्तपुरको मायाले आफू ऋणी बनेको उनले बताए ।


कार्यक्रममा गीतकार उदासलाई सम्मान पनि गरिएको थियो । विगत तीन दशकभन्दा लामो समयदेखि निरन्तर गीतसंगीतमा सक्रिय भएर नेपाली साहित्यको उन्नयनमा योगदान पुर्याएस्वरुप उनलाई सिर्जना अभियान समाज भक्तपुरका तर्फबाट कार्यक्रमका प्रमुख अतिथि ढुंगेलले सम्मानपत्र र काठको मयूर झ्याल दिएर सम्मान गरेका हुन् ।


समाजका सचिव ध्रुव मधिकर्मीका अनुसार गीतकार उदास साहित्य सृजनासँगै समाजसेवा र व्यवसायमा सक्रिय छन् । उनी गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष पनि हुन् । उनले आमाबाबाको नाउँमा खुमपार्वती कलासाहित्य कोष गठन गरेर साहित्यकर्मको शुभारम्भ पनि गरेका छन् ।


विरही भावका गीत लेख्दै आएका उदास व्यवहारमा ज्यादै रसिक छन् । उनको खास नाम अर्जुन अधिकारी हो । भक्तपुरको मायाले आफू ऋणी बनेको उनले बताए । कार्यक्रमको सुरुमै समाजका अध्यक्ष श्रेष्ठले कालो भादगाउँले टोपी लगाइदिएर उदासको स्वागत गरेका थिए ।


भक्तपुर भ्रमणमा आएका भारतका चर्चित लोककवि हल्दर नागलाई पनि कार्यक्रममा स्वागत गरिएको थियो । भारतको प्रतिष्ठत पद्मश्री पुरस्कारबाट सम्मानित उनले आफ्नो मातृभाषामा एउटा कविता सुनाएका थिए ।

तपाईको प्रतिक्रिया