कालावाङ घरेडीमा बाेल्ने कला तालिम

समाधान संवाददाता २०८० असार १३ गते १६:३७

पोखरा ।

कालावाङ घरेडी पोखरा तमु समाजमा बोल्ने कला तालिम भएको छ । उदघोषण, भाषणकला तथा बोल्ने कला तालिम १० दिनसम्म चलेको थियो ।


तालिममा पत्रकार सञ्जय मल्ल र सविन रेग्मीले सहजीकरण थिए । समापन कार्यक्रममा पोखरा २२ का अध्यक्ष हिमलाल बरालले प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरे । वडाध्यक्ष बरालले इच्छाशक्तिले नै मानिसलाई सगरमाथाको चुचुरोमा पुर्‍याउने हुँदा सिकेका विषयलाई आत्मविश्वासका साथ उपयोग गर्न आग्रह गरे । उनले पोखरा महानगरपालिकाको वडा नम्बर २२ लाई आफ्नो कार्यकालमा नमुना बनाउने प्रतिवद्धता गरे ।

Advertisement


समाजका अध्यक्ष अनेरी सुवेदार मेजर गमबहादुर गुरुङले तािलम लिएको १० दिनमै बोल्ने कलामा सहभागीमा आएको परिवर्तनले खुसी लागेको सुनाए । निवर्तमान अध्यक्ष दुर्गबहादुर गुरुङले ज्ञान, सीप र क्षमतालाई प्रस्फुटन गरेमात्रै व्यक्तित्व विकास हुने उल्लेख गरे ।


समाजका अध्यक्ष हनेरी सुवेदार मेजर गमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समाजका उपाध्यक्ष कृष्णप्रसाद गुरुङ, कालावाङ घरेडी पोखरा तमु आमा समूका अध्यक्ष विष्णु गुरुङ, सल्लाहकार संयोजक प्रेमकाजी गुरुङ, सल्लाहकार लौप्रसाद गुरुङ, पत्रकार सञ्जयकुमार मल्ल, समाजका सचिव कमल गुरुङले लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया