पोखरा सहरी योजना आयोग उपाध्यक्षसहितको सपथ

पोखरा ।
सहरी योजना आयोग पोखराका उपाध्यक्ष सहित सदस्यहरूले पद तथा गोपनीयताको सपथ लिएका छन् । आयोगका उपाध्यक्ष पूर्व प्रशासक प्रेमलाल लामिछाने सहित ४ जना सदस्यहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पद तथा गोपनीयताको सपथ गराएका हुन् । आयोगको सदस्यहरूमा जय प्रसाद सापकोटा, सुरेन्द्रबाबु तिवारी, मन्दिरा पराजुली र होमनाथ गैरे छन् ।
सपथ ग्रहणसँगै आयोगका उपाध्यक्ष लामिछाने सहित सदस्यहरूले पोखराको समग्र विकासका लागि आफ्नो सीप, क्षमता, दक्षता र अनुभवको अधिकतम उपयोग गर्ने बताए । पोखराको आर्थिक, भौतिक, ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र मानव संसाधन लगायत समग्र विषयहरूको समुचित विकासका लागि उपयुक्त योजना निर्माणका लागि आयोगले प्रतिविद्धताका साथ काम गर्ने उनीहरूको भनाई छ ।
सो क्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ’समुन्नत पोखरा’ निर्माण गर्ने लक्ष्यका साथ यसअघि थालिएका असल अभ्यासहरूलाई अनुसरण गर्दै “समुन्नत पोखराको आधार, सबल अर्थतन्त्र र पूर्वाधार” भन्ने नारालाई सार्थकता प्रदान गर्ने कार्यमा आयोगको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।
पोखरा महानगरपालिका भित्रको भूगोलको समावेशी विकासका लागि उपयुक्त खाका कोर्ने कार्यमा आयोग क्रियाशील रहने उनको विश्वास छ । आयोगको कार्यालय साबिकको लेखनाथ नगरपालिका कार्यालय रहेको भवन रहने छ ।









लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
कांग्रेसको संस्थापनइतर पक्षद्वारा पुस २७ र २८ मा विशेष महाधिवेशन आह्वान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया