मलेसियन गुरुले दिए ३३ लाख

समाधान संवाददाता २०८० असार १४ गते १६:४६

पोखरा ।
मलेसियन गुरु आनन्दले शिक्षा र सामाजिक क्षेत्रका लागि सहयोग गरेका छन् । उनले भवन निर्माणका लागि पुम्रुखुं बराह माविलाई २० लाख, रोटरी क्लब लेकसाइडलाई किड्नी डायलासिसका लागि १० लाख र तेस्रो अन्नपूर्ण म्याराथनका लागि ३ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।


विकासको मुल आधार शिक्षा र स्वास्थ्य भएकाले यी क्षेत्रमा निरन्तर सहयोग गर्ने उनको प्रतिवद्धता छ । पोखरामा बुधबार आयोजित कार्यक्रममा गुरु आनन्दले नेपालको हिमाली क्षेत्रमा अद्वितीय सम्भावना रहेको औंल्याए ।


गुरु आनन्दले ४० वर्षदेखि नेपालको अन्नपूर्ण क्षेत्रमा आएर शिक्षा, स्वास्थ्य र बौद्ध गुम्बाहरुमा सहयोग गर्दै आएका हुन् ।

Advertisement

नेपालीको सांस्कारबाट आफू निकै प्रभावित रहेको बताउँदै उनले नेपालको हिमाली क्षेत्रमा आएर ध्यान र योगमा नयाँ आयाम थपेको उल्लेख गरे ।


गण्डकी प्रदेश तेक्वान्दो संघले गुरु आनन्दलाई सल्लाहकार मनोनयन गरेको छ । कार्यक्रममा संघका अध्यक्ष जगनबहादुर गुरुङ, महासचिव रमेश पौडेल, कोषाध्यक्ष माइकल कर्मचार्य लगायतले उनलाई मनोनयन–पत्र हस्तान्तरण गरेका थिए ।

Advertisement


कार्यक्रममा संघ अध्यक्ष गुरुङले नेपालको शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन र खेल क्षेत्रमा गुरु आनन्दले गरेको सहयोग अतुलनीय रहेको जनाए । घरना गुरुङले गुरु आनन्दले रोटरी क्लबमा मात्र नभई अन्य क्षेत्रमा समेत उल्लेख योगदान गरेको बताए । एप्सुलुट डोजांकी रेकमाया गुरुङले तेक्वान्दोका विभिन्न खेल प्रदर्शन गरिन् ।

तपाईको प्रतिक्रिया