१८ औं रोपाइँ महोत्सव

हरेक वर्ष रोपाइँ महोत्सव

समाधान संवाददाता २०८० असार १५ गते १२:५७

पोखरा महानगरपालिका वडा नम्बर १३ को वडा कार्यालयले यो वर्ष आर्वाको बारीमा रोपाई महोत्सव गर्ने योजना बनाएको थियो । यसै सन्दर्भमा पर्यटन प्रवद्र्धनका लागि पोखरा पर्यटन परिषद्ले १८ औं रोपाइँ महोत्सव २०८० गर्न ठाउँ खोज्ने क्रममा वडा नम्बर १३ कसेरीको डुम्रीबोटमा प्रस्ताव गर्‍यो ।


वडाको योजना र परिषद्को प्रस्ताव अनुसारको १८ औं रोपाइँ महोत्सले पोखराको पर्यटन प्रवद्र्धन र पोखरा १३ लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सहयोग सहयोग पुग्नेछ । वडा कार्यलयले महोत्सवलाई सफल पार्न सहकार्य गर्ने अवसर पाएको छ ।

यो हाम्रो वडाका लागि खुसीको कुरा हो । वडा नम्बर १३ का जनप्रतिनिधि, कृषि सञ्जालका पदाधिकारी तथा सदस्यले स्थानीय रुपमा व्यवस्थापनका लागि ध्यान दिएका छौं । महोत्सवमा आउने स्वदेशी तथा विदेशी पाहुनालाई स्वागत तथा सत्कार गर्नुका अलवा रोपाइका लागि हल गोरु खोज्ने, नौमती बाजाको व्यवस्थापन गरेका छौं । महोत्सवमा स्थानीय स्तरबाट हुने व्यवस्थापनलाई कुनै कमी हुन दिइने छैन ।

Advertisement


वडा कार्यालयले स्थानीय स्तरबाट उत्पादन भएका सामग्रीको बजारीकरण गर्न हाटबजार खोल्ने गर्ने योजनाअघि सारेका छौं ।

युवा स्वरोजगार कार्यक्रम अन्तर्गत समेत युवालाई कृषि क्षेत्रमा जोड्ने सवालमा योजना छ । रोपाइँ महोत्सवमा चर्चित लोक गायक प्रकाश सपुत आउने कार्यक्रम छ । स्थानीय स्तमा लोक भजन, असारे गीतलाई समेत महोत्सवमा स्थान दिने योजना बनाएका छौं । यो वर्ष पयर्टन परिषद्सँग सहकार्य गरेका छौं । अर्को वर्षदेखि पनि वडा कार्यालयको तर्फबाट महोत्सवलाई निरन्तरता दिने योजनामा छौं ।

Advertisement

तपाईको प्रतिक्रिया