१८ औं रोपाइँ महोत्सव

धान नरोपेकालाई नौलो अनुभव

समाधान संवाददाता २०८० असार १५ गते १३:१७

पूर्वको ढोका खोलेर हेर्दा लागेछ असार भन्ने गीतै गाउँथे पहिला । पुरानो परम्परा अनुसार गोरुलाई सिँगारेर आत्मनिर्भर बनौं, आफ्नो जमिन बाँझो नराख, आफ्नो जमिन बाँझो राख्ने अनि बेसाएर खानु हुँदैन भनिन्थ्यो । पसलबाट ल्याएर खाएको राम्रो मानिँदैन । खानेकुरा आफ्नै घर, खेतबारी उत्पादन गर्नुपर्छ भन्ने पोजेटिभ मानसिकता थियो ।


महोत्सव जसले कतिपय धान नरोपेका र युरोपियनलाई नयाँ नौलो अनुभव पनि दिन्छ । नयाँ पुस्तालाई कृषि गतिविधिमा सहभागी बनाउन सकिन्छ भन्ने उद्देश्य पनि हो । कृषिमा हाम्रो कपी गरेको इजरायल आधुनिक कृषि प्रणालीमा अगाडि बढ्यो ।

३ देखि ५ प्रतिशतले कृषि गरेर अरु बाँकीलाई पुर्‍याएको छ । हामी कृषि धान देश भनेका छौं । गोलभेडादेखि लिएर सबै तरकारी किनेर, त्यो पनि रेड कलरको खाद्यान्न खाइराखेका छौं । त्यसमा परिवर्तन ल्याउन पनि महोत्सवले प्रेरणा दिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया