१८ औं रोपाइँ महोत्सव

पर्यटक रिसर्च गर्न आउँछन्

समाधान संवाददाता २०८० असार १५ गते १४:२४

असार १५ धान रोप्ने विशेष दिन हो । यसमाथि हाम्रो देश कृषिप्रधान भए पनि व्यवहारमा लागू भएको छैन । यो महोत्सवले सरकारलाई दायित्व पूरा गर्न दबाब पनि हुन्छ । कृषि प्रणाली कसरी जान्नुपर्छ भनेर सुझाव दिन यो महोत्सव गर्न लागिएको हो ।

दही चिउरा खाएर रमाइलो गर्ने यो पर्वमा नयाँ पुस्ताका लागि अन्जानकै विषय भइसकेको छ ।


असार १५ मा जनजागरण फैलाउने यो महोत्सवको उद्देश्य पनि हो । पर्यटकलाई मौलिक पर्वका बारेमा जानकारी दिने र रमाउने अवसर हो यो महोत्सव । कति कलेजले असार १५ मा अध्ययन गर्न नै टोली खटाएका हुन्छन् । असार १५ के हो भनेर रिसर्च गर्न पर्यटक नेपाल आएका उदाहरण छन् । यो पर्वले पर्यटक जोडेको छ । कृषिलाई पनि सम्मान गरेको छ र राज्यलाई पनि झक्झक्याएको छ ।

Advertisement


कृषि भूमि मासिँदै गइरहेका बेला राज्यले नीतिगत निर्णय गरेर संरक्षण गर्नुपर्छ भन्ने पोखरा पर्यटक परिषद्को माग पनि छ । यस पटक पोखरा १३ कसेरीमा महोत्सव गर्छौैं । प्रत्येक वर्ष फरक फरक ठाउँमा गर्नुको उद्देश्य यो पर्व सबैलाई थाहा होस् र यसलाई जोगाउने भन्ने नै हो । कोभिडका बेलामा पनि असार १५ मनायौं । यस पटक पर्यटकलाई लेकसाइडबाट फ्री अफ कस्ट महोत्सवमा लैजाने, नेपाली परिकारसँगै दही चिउरा चखाउने कार्यक्रम छ ।

Advertisement

तपाईको प्रतिक्रिया