डायमन्ड माध्यमिक विद्यालयमा स्मार्ट प्रविधिबाट पढाइ

समाधान संवाददाता २०८० असार १९ गते ११:४७

पोखरा ।
पोखराको लेखनाथमा रहेको डायमन्ड माध्यमिक विद्यालयले स्मार्ट प्रविधिमार्फत् अध्यापन थालेको छ । गुरु पूर्णिमादेखि विद्यालयमा आइएनजी स्किल एकेडेमीसँगको सहकार्यमा कक्षा ११ र १२ का विद्यार्थीलाई स्ट्डी स्मार्ट विथ माई सेकेन्ड टिचर कार्यक्रम सुरु गरिएको हो ।


कप्युटर, आइप्याड, आइफोन र ल्यापटपको प्रयोग गरी विद्यार्थी, शिक्षक र अभिभावकका लागि तयार गरिएको स्मार्ट एप्लिकेसनमा युजर आईडीमार्फत पाठ्य सामग्री अध्ययन गर्न, हेर्न र प्रश्नको हल समेत गर्न मिल्छ ।


पोखरा विश्वविद्यालयका पूर्व डिन प्राडा ईन्द्रप्रसाद तिवारीले स्मार्ट प्रविधिको शिक्षण विधि प्रविधिको पनि विशिष्टीकृत रुप भएको बताए । लक्ष्मी आदर्श मावि पूर्वप्रधानाध्यापक तुलसीराम लामिछानेले घोकन्ते अध्ययनलाई प्रविधिले विस्थापित गर्नुपर्नेमा जोड दिए ।

Advertisement


डायमन्डका संस्थापक प्राचार्य एमबहादुर रोकाले पछिल्लो पुस्ता प्रविधिमा अभ्यस्त हुँदै गएकाले स्मार्ट शिक्षण सिकाइ अवलम्बन गरिएको जनाए । विद्यालयका निर्देशक माधवशरण उपाध्यायले डायमन्डबाट दीक्षित भएका विद्यार्थी संसारका विभिन्न राष्ट्रमा अध्ययन अनुसन्धान र पेशामा संलग्न रहेको उल्लेख गरे ।


विद्यालयका शैक्षिक प्रशासन प्रमुख इन्जिनियर सञ्जीव थापाले डिजिटल कक्षाकोठा, शिक्षकका लागि पाठ्य सामग्री निर्माण, सेमिनार, अन्तर संवाद लगायतका माध्यम यसमा समावेश गरिने उल्लेख गरे । २०४५ मा स्थापना भएको डायमन्ड ०६३ देखि १० जोड २ सम्म पढाइ हुन थालेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया