गोल्डेन नेचरमा चित्रकला

समाधान संवाददाता २०८० असार १९ गते १२:४४

पोखरा ।
पोखरा ३० खुदी ढुंगेपाटनमा रहेको गोल्डेन नेचर बोर्डिङ स्कुलले कक्षा ७ देखि १० सम्म अध्ययनरत विद्यार्थीका लागि चित्रकला प्रतियोगिता गरेको छ । शैक्षिक क्यालेन्डरमा उल्लेख भएको प्रतियोगितामा अमित शर्मा सुवेदी पहिलो बने ।


एञ्जल ठकुरी द्वितीय, प्रतीक सुनार र अंकिता सुनारले तृतीय बन्दा समृद्धि थापामगर र अविशान खाँड ठकुरी सान्त्वना भए ।

कार्यक्रमको संयोजन शिक्षकहरू प्रतिमा गुरूङ र सुस्मिता क्षेत्रीले गरेको प्रिन्सिपल प्रेमप्रसाद शर्माले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया