मदरल्यान्डका उत्पादन ६० करोडको छात्रवृत्ति प्राप्त गर्न सफल

मदरल्यान्डबाट १२ सकेका विद्यार्थीले विश्वका ख्यातिप्राप्त विश्वविद्यालयमा पूणर् छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन्

समाधान संवाददाता २०८० असार २० गते १५:२०

पोखरा ।

मदरल्यान्ड माध्यमिक विद्यालयबाट उत्तीर्ण विद्यार्थीमध्ये १४ जनाले विश्वमा ख्यातिप्राप्त विश्वविद्यालय तथा कलेजबाट यो वर्ष उच्च शिक्षाको अवसर प्राप्त गरेका छन् । कक्षा १२ मा विज्ञान संकायमा गण्डकीमै सर्वोत्कृष्ट नतिजा ल्याएका सम्राट ढुंगानासहित १४ विद्यार्थीले उच्च शिक्षाका लागि करिब ६० करोड बराबरको पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका हुन् ।


बिडिएस, बिएस्सी नर्सिङ, बिएस्सी एजी, फरेस्ट्री, बिफर्मा, भेटेरिनरी लगायत संकायमा पनि हरेक वर्ष पूणर् छात्रवृत्तिमा नाम निकालेर उच्च शिक्षा अध्ययन गर्नेहरु आफ्ना उत्पादन रहेको मदरल्यान्डले जनाएको छ । एसइईमा एकै वर्ष ७ जनाले जिपिए ४ ल्याएर राष्ट्रियस्तरमै सर्वोत्कृृष्ट विद्यालयका रूपमा पुरस्कार जितेको मदरल्यान्डबाट १२ सकेका विद्यार्थीले इन्जिनियरिङतर्फ पनि विभिन्न विषयमा हरेक वर्ष बिसौंको संख्यामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको दस जोड दुई इन्चार्ज नारायण आचार्यले बताए ।


प्राचार्य नारायण बराल विद्यालयको कार्यशैली तथा समसामयिक शिक्षण गतिविधिका कारण विद्यार्थीले मदरल्यान्डलाई नै रोज्ने गरेको बताउँछन् । एमबिबिएसमा हरेक वर्ष पूणर् छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थी पनि अनेक रहेको जानकारी उनले दिए । बरालका अनुसार मदरल्यान्डमै पढेका सविन आचार्यले प्रवेश परीक्षामा दोस्रो नम्बरमा नाम निकाल्न सफल भएका थिए ।

Advertisement

एमबिबिएसमै एकै वर्ष एकै परिवारका दाजुबहिनी जनक र सम्झना दाहालले पूर्ण छात्रवृत्तिमा नाम निकालेका थिए ।
सम्राट ढुंगानाले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट स्नातक अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेर नेपालकै गरिमा बढाएकोमा विद्यालयले ५० हजारसहित पुरस्कृत गरेको थियो ।


मदरल्यान्डले विद्यार्थीलाई व्यावहारिक सिप विकास तथा समाजिक कार्यमा पनि सहभागी गराएको पाइन्छ । काइन्डनेस क्लब, स्काउट, बर्थडे बैंक र रेडक्रसजस्ता बाल संगठनका माध्यमबाट सामाजिक कार्यमा विद्यार्थी सक्रिय हुने गरेको नेपाल स्काउट क्लब मदरल्यान्डका शिक्षक सहजकर्ता विनीत छन्त्याल बताउँछन् ।

Advertisement


एसइई दिएर बसेका विद्यार्थीलाई हरेक वर्ष ब्युटिसिएन, बारिस्ट्रा, इलेक्ट्रिक, प्लम्बिङ तथा कम्प्युटर कोडिङ जस्ता छोटो समयका आत्मनिर्भर बन्ने सिपहरू निशुल्क प्रदान गर्दै आएको एकेडेमिक कोअर्डिनेटर अनुप आचार्यले जनाए ।
विद्यालयले यस वर्षमात्रै गणित हाजिरीजवाफमा कक्षा १० र ११/१२ दुवै तहमा प्रदेश प्रथम भई थप परिचय थप्यो । कविता, निबन्ध, वक्तृत्व, हाजिरीजवाफअन्तर्गत नेपाली र अंग्रेजी दुवै भाषामा जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरमै प्रथम स्थान हासिल गरेको तथ्यांक छन् ।


गत वर्ष शिक्षा, खेलकुद, संस्कृति, विज्ञान तथा प्रविधि मन्त्रालय जापानसँगको सहकार्यमा आयोजित अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगितामा यहाँका २ विद्यार्थीले सान्त्वना स्थान हात पारे । जबकी सो प्रतियोगितामा २० हजार निबन्ध प्रतिस्पर्धामा थिए ।
२०२२ मा नै नोट्रे ड्याम अलुम्नाई मर्थ अमेरिकाद्वारा आयोजित अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा यहाँका विद्यार्थी प्रथम, तृतीय र सान्त्वना भए । जिस्ट इन्टरनेस्नल फाउन्डेसनको आयोजना र एडामस विश्वविद्यालय कलकत्ताको सहकार्यमा भएको युवा जलवायु परिवर्तन सम्मेलनमा समूहगततर्फ प्रस्तुतीकरणमा दोस्रो र राष्ट्रिय जलवायु रिपोर्टमा प्रथम पुरस्कार हासिल गर्न सफल भए ।


व्यक्तिगत विधातर्फ जलवायु महासभाको अन्तक्र्रियामा उत्कृष्ट वक्ताको रूपमा पुरस्कृत समेत भएको विद्यालयका अंग्रेजी शिक्षक तथा विद्यार्थी व्यक्तित्व परामर्शकर्ता बामनकुमार घिमिरेले बताए । बंगलादेशमा हालै आयोजित भविष्यको शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय युवा सम्मेलनमा यस विद्यालयको कक्षा १२ का हार्दिक पराजुलीले १६ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट वक्ता बने ।

एसइईमा एकै वर्ष ७ जनाले जिपिए ४ ल्याएर मदरल्यान्ड राष्ट्रियस्तरमै सर्वोत्कृृष्ट विद्यालयका रूपमा पुरस्कृत भएको थियो


भौतिक पूर्वाधारले सुविधासम्पन्न मदरल्यान्डले अत्याधुनिक फुटसल कोर्ट समेत निर्माण गरेर विशेष प्रशिक्षण दिँदै आएको विद्यालयका सञ्चार प्रमुख होमनाथ भट्टराईले बताए । २०५१ सालमा स्थापना भएको मदरल्यान्डमा हाल करिब २५ सय विद्यार्थी पढ्छन् । नर्सरीदेखि प्लस टुसम्म पढाइ हुने यहाँ विज्ञान र व्यवस्थापन संकायको पढाइ हुन्छ ।


विद्यालयले शैक्षिक उपलब्धिसँगै खेलकुदलाई पनि विशेष महत्व दिने गरेको छ । मदरल्यान्डले गुणस्तर नतिजाका लागि समयसमयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकको उपस्थितिमा शिक्षक कर्मचारीलाई तालिम तथा कार्यशालासमेत सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया