निस्सिम थापा फाउन्डेसनद्वारा सहयोग प्रदान

समाधान संवाददाता २०८० असार २१ गते १४:२७

पोखरा ।
निस्सिम थापा फाउन्डेसनद्वारा पाइलट निस्सिम थापाको जन्मदिनको अवसरमा रुपा गाउँपालिका ६ स्थित कमल आधारभूत विद्यालयका बालबालिकाहरुलाई लत्ता कपडा वितरण गरी सहयोग गरेको छ ।

फाउन्डेसन हालसालै मात्र नेपाल सरकारमा दर्ता भई समाज कल्याण परिषदबाट आवद्धता प्राप्त गरेको छ । यो संस्था पाइलट निस्सिम थापाको स्मृतिमा स्थापना भएको हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य तथा प्याराग्लाइडिङमा उत्कृष्ट खेल प्रदर्शन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुर्याउने खेलाडीहरु तथा पाइलटहरुलाई यथोचित सहयोग गर्ने लक्ष्य लिएको छ ।


पाइलट निस्सिम थापा पृथ्वीनारायण क्याम्पस समाजशास्त्र संकायमा द्वितीय वर्षमा अध्ययनरत थिए । उनले इन्दुज भ्याली प्याराग्लाइडिङ पुना भारतबाट प्याराग्लाइडिङ कोर्स गरेका थिए । उनले नेपाल लगायत भारत, चाइना, इनर मंगोलिया, साउथ कोरिया, इन्डोनेसिया आदि देशहरुमा सम्पन्न प्रि वल्र्डकप प्याराग्लाइडिङ खेलहरुमा सहभागी भई नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाएका छन् भने साउथ कोरियामा सम्पन्न प्रिएसियन कपमा नेपाल टिमको तर्फबाट द्वितीय स्थान हासिल गरेका थिए ।

Advertisement


रुपा गाउँ पालिकास्थित कमल आधारभूत विद्यालयका बालबालिकाहरुलाई लत्ता कपडा वितरण गर्ने कार्यक्रम संस्थाका कोषाध्यक्ष रीता पौडेलले सञ्चालन गरेकी थिइन् । स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष सावित्री मोक्तान थापाले गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि तमुधि नेपालका केन्द्रीय उपाध्यक्ष गिमाया गुरुङ थिइन् । उनले कार्यक्रममा विशेष सहयोगका साथै आफ्नो महत्वपूर्ण मन्तव्य राखी निस्सिम थापा फाउन्डेसनको प्रगतिको कामना गरेकी थिइन् ।


कमल आधारभूत विद्यालयका प्रधान अध्यापक निर्मला अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम गुरुङले फाउन्डेसनको प्रगतिको कामना गर्नुका साथै निस्सिम थापाको योगदानको प्रशंसा गरेका थिए । कार्यक्रममा विद्यालयका बालबालिकाहरु तथा अभिभावकहरुको सहभागिता थियो ।

Advertisement


रिजवाटर स्कुल अमरसिंहमा निस्सिम थापाको जन्मदिवस मनाइएको थियो । कार्यक्रममा शिक्षक विमला खड्का, सावित्री मोक्तान थापा र सुजाता गुरुङले पाइलट निस्सिम थापाको सम्झनामा लेख तथा कविता वाचन गरेका थिए । कार्यक्रमा गीत कम्पाेिजिसन शिक्षक सुजाता गुरुङले गरेकी थिइन् । बालबालिकाहरु तथा शिक्षकहरुले गीत गाएर निस्सिम थापाको जन्मदिनमा मनाइएको थियो ।


कार्यक्रम पश्चात् लेकसाइड ल्यान्डिङ जोनमा ग्लाइडर प्याकिङ ब्वाइहरु, पाइलटहरु तथा प्याराग्लाइडिङ सम्बद्ध व्यक्तिहरुको उपस्थितिमा दीप प्रज्वलन तथा ओेैपचारिक कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा ग्लाइडर प्याकिङ ब्वाइहरुलाई पाइलट निस्सिम थापा तथा निस्सिम थापा फाउन्डेसनको लोगो अंकित टिसर्ट वितरण गरिएको थियो । कार्यक्रमको सुरुआत निस्सिम थापाद्वारा गाइएको गीत बजाएर गरिएको थियो ।


फाउन्डेसनमा ७ जनाको कार्यसमिति छ । ४ जना सल्लाहकार छन् । अध्यक्ष प्रकाश थापा, उपाध्यक्ष सावित्री मोक्तान थापा, सचिव क्षितिज बाटाजु, कोषाध्यक्ष रीता पौडेल, सदस्यहरुमा रुपेश गुरुङ, नेहा श्रेष्ठ, कामना थापा र सल्लाहकारहरुमा बाबुराम श्रेष्ठ, सानोबाबु सुनुवार, शोभादेवी मोक्तान र शुभद्रा थापा छन् ।

तपाईको प्रतिक्रिया