फिष्टेल एकेडेमीकी  प्रनिसाले ४ जिपिए ल्याइन्

समाधान संवाददाता २०८० असार २१ गते १८:३१

पोखरा ।

पोखरा १७ विरौटास्थित फिष्टेल एकेडेमीमा अध्ययनरत प्रनिसा तुलाचन २०७९ को एसइईमा ४ जिपिए ल्याएर उर्त्ती भएकी छिन् ।

यस वर्ष उक्त विद्यालयबाट ३० जना विद्यार्थीले एसइई दिएका थिए । प्रनिसा तुलाचन मुस्ताङ थासाङ गाउँपालिका कोवाङकी बासिन्दा  हुन् ।

Advertisement

मोर्डन एजुकेशनको थिममा रहेर प्रोग्रेसिभ एजुकेशन प्रदान गरिरहेको विद्यालयमा हाल  ५ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयका अध्यक्ष चिनु रानाभाटले जानकारी दिए ।

उनका अनुसार आइबी फिलोसोफीमा रहेर विषयबस्तु अनुसारको अभ्यास सहितको ज्ञानमा विद्यालयले जोड दिएको छ । विकसित देशहरुको शिक्षा मोडेललाई नेपालमा पनि लागु गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नु विद्यालयको उद्देश्य भएको विद्यालयका प्राचार्य ईन्द्र श्रेष्ठले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया