म्यापल एजुकेसनको शाखा पोखरामा

समाधान संवाददाता २०८० असार २२ गते १४:३४

पोखरा ।

म्यापल इन्टरनेसनल एजुकेसनले बुधबारदेखि पोखराको चिप्लेढुंगामा शाखा कार्यालय सञ्चालन गरेको छ । १७ वर्षअघि स्थापना भई काठमाडौंको पुतलीसडकमा केन्द्रीय कार्यालय रहेको म्यापलको शाखा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले सुरुआत गरे ।


क्यानडा अध्ययनका लागि जान चाहने पोखराका विद्यार्थीलाई म्यापलले सघाउने उनले विश्वास व्यक्त गरे । क्यानडा अध्ययनका लागि परामर्श, स्तरीय डकुमेन्टेसन र सहज रुपमा भिसा अप्लाई गरिदिएर विद्यार्थीको मन जितेको म्यापल पोखरामा पनि आफ्नो ब्रान्डलाई कायम राख्दै विद्यार्थीलाई उत्कृष्ट सेवा दिने प्रमुख कार्यकारी अधिकृत ईश्वर ढकालले दाबी गरे ।

Advertisement


अध्ययनका लागि क्यानडा पुगेका विद्यार्थी सन्तुष्ट भएकै कारण म्यापल लोकप्रिय र स्थापित भएको उनको भनाइ छ ।

समारोहमा इक्यानका पूर्व केन्द्रीय अध्यक्ष विष्णुहरि पाण्डे, इक्यानका केन्द्रीय उपाध्यक्ष शेषराज भट्टराई, इक्यान कास्की अध्यक्ष रामेश थापासहित विद्यार्थीहरु उपस्थित थिए ।

Advertisement

तपाईको प्रतिक्रिया