९२ प्रतिशतमा फोरजी पुर्याइने

पोखरा ।
सन् २०२३ भित्र गण्डकी प्रदेशमा फोरजी सेवाको पहुँच ९२ प्रतिशत जनसंख्या माझ पुर्याउने लक्ष्यका साथ काम गरिरहेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले हालै पोखरामा गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था र गुणस्तरका विषयमा सेवा प्रदायक र सरोकारवालाहरुको अन्तक्रिया गरेको थियो । त्यस क्रममा पहुँचको आधारमा २०२० सम्ममा प्रदेशका ४४ प्रतिशत जनसंख्यामाझ यो सेवा पुगिसकेको जानकारी गराइयो ।
‘२०२२ सम्म गण्डकीमा एनसेलको ४९० टावरहरु थिए र २०२३ को अन्त्यसम्ममा यो संख्या ५०६ पुग्ने छ,’ अन्तक्र्रिया भनियो, ‘एनसेलको कुल टावरको १२ प्रतिशत टावर गण्डकीमा छ ।’ गण्डकी प्रदेशको योगदान एनसेलको भ्वाइस सेवामा ९.५ प्रतिशत र डाटामा १० प्रतिशत रहेको छ । एनसेलको कुल ग्राहक संख्यामा गण्डकी प्रदेशको योगदान १० प्रतिशत छ ।
सेवा विस्तारका लागि थप १६ टावरहरु जडान गर्ने योजना रहेको छ । अन्नपुर्ण आधार शिविर क्षेत्र, लेक साइड लगायत स्थानहरुमा सेवा विस्तारका लागि नयाँ टावरहरु जडान गर्न ढिला भइसकेको छ र त्यसका लागि सरोकारवालाहरुको सहजीकरण चाहिएको प्राधिकरणले औंल्याएको छ ।









एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष शर्माको निधन
भरियादेखि ट्रेकिङ कम्पनी मालिकसम्म
होमस्टेले फेरिएको कालाबाङ
सम्पादकीय—कांग्रेसको किचलो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया