पाण्डवखानीमा आँखा शिविरः २६ जनाकाे अप्रेसन

समाधान संवाददाता २०८० असार ३१ गते १५:४५

गलकोट ।
पाण्डवखानी स्वास्थ्य चौकीमा निःशुल्क आँखाको चेकजाँच तथा २६ जनाको मोतिया बिन्दुको अप्रेसन गरिएको छ । महिला जागरण केन्द्र पाण्डवखानीको आयोजनामा गलकोट वडा नम्बर १० को आर्थिक सहयोगमा आँखा शिविर भएको हो ।

दुई दिन सञ्चालन भएको शिविरबाट २ सय ५ जनाको आँखा जाँच गरिएको गलकोट आँखा उपचार केन्द्रका प्रमुख विनिता पराजुलीले जानकारी दिइन् । हिमालयन आँखा हस्पिटन पोखरा, धवलागिरी आँखा अस्पताल बागलुङ, गलकोट आँखा उपचार केन्द्र र आइ केयर फ्राण्डेसनको प्राविधिक सहयोग रहेको उनले बताइन् ।

आयोजका अध्यक्ष राधिका पुनको अध्यक्षतामा भएको कार्यक्रममा गलकोट नगरपालिका प्रमुख भरत गैरे, १० का वडाध्यक्ष भक्तबहादुर काउचा, पूर्व सांसद नरबहादुर पुन लगायतको उपस्थिती थियो । कार्यक्रम सञ्चालन आसा श्रीसले गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया