एसईईका उत्कृष्ट विद्यार्थीलाई १३ नं. वडाको सम्मान

समाधान संवाददाता २०८० साउन २ गते १३:०१

पोखरा ।
पोखरा महानगरपालिका १३ नं. वडा कार्यालय कुँडहरले हालै प्रकाशित एसईई नतिजामा सामुदायिक विद्यालयका सर्वोकृष्ट विद्यार्थीहरूलाई सोमबार सम्मान तथा पुरस्कार वितरण गरेको छ ।


वडा अध्यक्ष किरण बरालले उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई् सम्मान र पुरस्कृत गरिरहँदा आज असफल भएकाहरू भोलि जरुर सफल हुन्छन् भनेर सफलताका लागि हौसला प्रदान पनि गरे ।


कार्यक्रमका प्रमुख अतिथि शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारीले उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई सम्मानपत्र र पुरस्कार दिएका थिए । भद्रकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र भण्डारीले शुभकामना दिएका थिए ।

Advertisement


वडाभित्रका सामुदायिक विद्यालयतर्फ भद्रकालीका माध्यमिक विद्यालयका छात्र शीतल अधिकारीले ३.८ जिपिए, रतनपाण्डे माविका छात्र राजकुमार तामाङले ३.३५ जिपिए, आर्बाविजय माध्यमिक विद्यालयका छात्र विनायक बरालले २.६ जिपिए ल्याएका थिए । वडाले उनीहरूको उज्जवल शैक्षिक भविष्यको सफलताको कामना गर्दै सम्मान र पुरस्कृत गरेको जनाएको छ ।


शिक्षा समितिका सदस्य गोविन्द सिग्देलले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य सरिफ अलिमियाँले स्वागत मन्तव्य राखेका थिए भने वडा अध्यक्ष किरण बरालले कार्यक्रमको सभापतित्व गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया