भीमसेन थापा गाउँपालिकामा १ घर, १ फिल्टर

समाधान संवाददाता २०८० साउन ४ गते १४:२३

गोरखा ।

गोरखाको भीमसेन थापा गाउँपालिकाको २ वटा वडावासीलाई स्वच्छ खानेपानीका लागि फिल्टर वितरण गरेको छ । वडा नं ७ र ८ स्थित पीपलटारका ९३ घरपरिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउन फिल्टर वितरण गरिएको वडा नं ७ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।


‘मूलबाट ल्याइएको पानी त्यत्तिकै पिउनुभन्दा फिल्टर गरेर पिउँदा बढी फाइदा हुन्छ,’ उनी भन्छन्, ‘त्यसका लागि आवश्यक पहल गरी वाइन टु वाटर नेपालको आर्थिक सहयोगमा स्थानीयलाई निःशुल्क फिल्टर वितरण गरिएको हो ।’

Advertisement


फिल्टर वितरण भएसँगै पिपलटार क्षेत्रका प्रत्येक घरधुरी, विद्यालय र वडा कार्यालय लगायत विभिन्न संघ संस्थामा सुरक्षित खानेपानीको सुनिश्चितता भएको स्थानीय मिलनसार युवा क्बलका अध्यक्ष नवीन श्रेष्ठले बताए ।

पीपलटार क्षेत्रमा ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयनमा आएपछि खानेपानीका लागि पिपलटारमा ‘एक घर, एक फिल्टर’ कार्यक्रम लागू गरी प्रत्येक घरलाई फिल्टर निःशुल्क वितरण गरिएको उनको भनाइ छ । वडा कार्यालय र क्लबको पहलमा निःशुल्क फिल्टर पाएपछि स्थानीय खुसी भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया