पृथ्वीनारायण क्याम्पस नेपाली विभागमा यमनाथ

समाधान संवाददाता २०८० साउन ११ गते १२:१५

पोखरा ।

नेपाली विभाग पृथ्वीनारायण क्याम्पसको प्रमुखमा सहप्राध्यापक यामनाथ तिमिल्सिना नियुक्त भएका छन् । उनलाई बुधबार विभागमा आयोजित समारोहमा सहायक क्याम्पस प्रमुख प्राध्यापक लालबहादुर कुँवर र विभागका निवर्तमान प्रमुख प्राडा कुशुमाकर न्यौपाने पदस्थापन गराएका हुन् ।


०५१ सालबाट पृथ्वीनारायण क्याम्पसमा आवद्ध तिमिल्सिना ३ वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । उनी प्राध्यापक संघ पृथ्वीनारायण क्यापस इकाइका पूर्वसभापति र प्रजातन्त्रवादी प्राध्यापक संघका पूर्व केन्द्रीय उपाध्यक्षसमेत हुन् ।

Advertisement


तिमिल्सिनाका भाषा विज्ञानसँग सम्बन्धित १० कृति प्रकाशित छन् । उनले नेपाली विभागमा विद्यार्थीको संख्या बढाउने, अनुसन्धानमूलक कार्यक्रमअघि सार्ने र शिक्षकहरुलाई सशक्तीकरणमा जोड दिने प्रतिवद्धता गरे ।

Advertisement

तपाईको प्रतिक्रिया