जनजागृति विद्यालयमा खानेपानी टंकी शिलान्यास

समाधान संवाददाता २०८० साउन ११ गते १५:२७

पोखरा ।
लायन्स क्लब पोखरा अन्नपूर्ण नाइसको संयोजनमा पोखरा १८ पँधेलीस्थित जनजागृति विद्यालयमा खानेपानी टंकी निर्माणको शिलान्यास भएको छ ।


बेलायतका एडम्स ग्रामर स्कुल युकेका २३ जना विद्यार्थीहरुले खाजाको रकम कटाएर २ लाखको सहयोगमा १० हजार लिटरको खानेपानी टंकी निर्माण गर्न लागिएको हो । शिलान्यास पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष शिवप्रसाद तिमिल्सिनाले गरे ।


विदेशी विद्यार्थीहरुले वडा नम्बर १८ को विद्यालयलाई सहयोग गरेकोमा वडाध्यक्ष तिमिल्सिनाले धन्यवाद दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाले पनि आभार प्रकट गरे ।

Advertisement


खानेपानी परियोजनाका निर्देशक सोनाम साङपोले विद्यार्थीहरुलाई पानीबाट हुने रोगले विद्यार्थीहरुलाई पठनपाठनमा अवरोध नआओस् भनी लायन्स क्लब अन्नपूर्णले पोखराका ४१ वटा सरकारी विद्यालयहरुमा शुद्ध खानेपानी टंकी सम्पन्न गरिसकेको जानकारी दिए । जोन चियरपर्सन सुजन श्रेष्ठले लायन्स क्लब पोखरा अन्नपूर्ण नाइसले स्वास्थ्य खानेपानी क्षेत्रमा काम गरी क्लबले उत्कृष्ट कार्य गरेकोमा खुसी व्यक्त गरे ।


लायन्स क्लब अन्नपूर्णका अध्यक्ष विष्णुकुमार गुरुङले भर्खर स्थापना भएको लायन्स क्लब नाइस समाजसेवामा एक कदम अगाडि रहेकोमा धन्यवाद दिए । विद्यालयका प्रधानाध्यापक यमबहादुर थापाले विदेशी विद्यार्थीहरुले खाजाको रकम कटाएर तथा स्वयंसेवा गरेकोमा कृतज्ञता प्रकट गरे ।

Advertisement

त्यस अवसरमा वडा नम्बर १८ की महिला जनप्रतिनिधि कल्पना ढकालले जहाँ आवश्यकता त्यहाँ लायन्सको उपस्थित रहने सुनाइन् । उक्त कार्यक्रमको संयोजक सपना ठुसाजुले गरेकी थिइन् । कार्यक्रम सञ्चालन सचिव विष्णुमाया थापा जोजिजुले गरिन् । सभापतित्व लायन्स क्लब पोखरा अन्नपूर्ण नाइसका अध्यक्ष तीर्थ श्रेष्ठले गरिन् ।

तपाईको प्रतिक्रिया