एमाले स्कुल विभागको प्रशिक्षण

समाधान संवाददाता २०८० साउन ११ गते १६:२०

पोखरा ।
नेकपा (एमाले) गण्डकी प्रदेश पार्टी स्कुल विभागले कास्कीको अन्नपूर्ण गाउँपालिकाको लुम्लेमा ३ दिने गण्डकी प्रदेश स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गरेको छ ।


कार्यक्रममा प्रदेशका जिल्ला कमिटी, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रका गरी ४८ जनाको सहभागिता रहेको प्रदेश कमिटीका प्रचार तथा प्रकाशन विभागका उपप्रमुख पुण्य पौडेलले जानकारी दिए । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले प्रशिक्षण बुधबार उद्घाटन गरे । प्रशिक्षणमा उपमहासचिव ज्ञवालीले दर्शन माक्र्सवाद र जनताको बहुदलीय जनवाद, उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समृद्ध गण्डकी, स्थायी समितिका सदस्य खगराज अधिकारीले संगठन निर्माण र परिचालन विषयमा सहजीकरण गर्ने कार्यक्रम छ ।


प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य मायानाथ अधिकारी, गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, केन्द्रीय स्कुल विभागका घनश्याम कोइराला र ईश्वरी रिजाल, गण्डकी प्रदेश स्कुल विभागका प्रमुख राधाकृष्ण लामिछाने, समाजशास्त्री विश्वकल्याण पराजुली लगायतले विभिन्न विषयमा सहजीकरण गर्ने पार्टीका प्रदेश कमिटीका सदस्य केशव आचार्यले बताए ।

Advertisement


कार्यक्रममा उपमहासचिव ज्ञवालीले वर्तमान गठबन्धन सरकारको कुनै उद्देश्य तथा गन्तव्य विहीन भएकाले समृद्धि सम्भव नभएको दाबी गरे । ‘कुनै निश्चित विचार तथा दर्शनको आधारमा नभएको वर्तमान गठबन्धनमा न नेपाली कांग्रेस कांग्रेस जस्तो देखिन्छ, न माओवादी माओवादी जस्तो देखिन्छ,’ नेता ज्ञवालीले भने, ‘सत्ता स्वार्थका लगि भएको गठबन्धनले जनताको चाहना र आकांक्षा पूरा गर्न सक्दैन ।’


नेता ज्ञवालीले समृद्धिको अभियान चलाउने पार्टी एमाले भएको दाबी गरे । उनले देशको विकास र आर्थिक समृद्धिको अभियान चलाउँदै पार्टीले अगाडि सारेको विचारलाई जनतासम्म पुर्‍याउन प्रशिक्षण कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरे । उनले पार्टीको उपस्थिति डिभाइस तथा पार्टीले अंगालेको नीति तथा विचार सफ्टवेयर भएको सांकेतिक भनाइ राखे ।। उनले पार्टीका नेता तथा कार्यकर्ता समय सापेक्ष अनुसार अपडेट नभए आउटडेटेड हुने तर्क गरे । उनले नवीनतम विचार तथा सिद्धान्तले पार्टी नयाँ हुने उनले उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया