लेउवा संघको महासचिवमा तिवारीको उम्मेदवारी

संघको ऐतिहासिक गरिमालाई परिस्कृत गर्दै व्यवसायीहरुको हकहितका लागि प्रविधिमैत्री वातावरण सिर्जना गर्नु नै पहिलो लक्ष्य

समाधान संवाददाता २०८० साउन १३ गते १५:४२

लेखनाथ
लेखनाथ उद्योग वाणिज्य संघको आगामी भदौ २२ र २३ मा हुने २७ औं वार्षिक साधारण सभा तथा १४ औं महाधिवेशनमा युवा व्यवसायी जीवन तिवारीले महासचिव पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

Advertisement


संघको १४ औं महाधिवेशनबाट नयाँ पदाधिकारी चयन गर्ने कार्यतालिका रहेकाले उम्मेदवार बन्न इच्छुक व्यवसायीहरुले सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गरिरहेको अवस्थामा संघका वर्तमान कार्यसमिति सदस्य जीवन तिवारीले शनिबार पत्रकार भेटघाट मार्फत महासचिव पदका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।


संघमा लामो समय युवा उद्यमशीलता उपसमिति हँुदै वर्तमान कार्यसमितिका सदस्य समेत रहेका तिवारीले आमव्यवसायीहरुको सल्लाह र सुझावलाई मध्यनजर राख्दै महासचिव पदमा रहेर आमव्यवसायीहरुको हकहितका सवालमा काम गर्ने गरी उम्मेदवारी प्रस्तुत गरेको बताएका छन् ।


पारिवारिक रुपमा पुख्र्यौलीदेखि कास्कीको माझाठानाबाट व्यवसाय सुरु गर्दै आएका तिवारीले वर्तमान आवस्थामा लेखनाथको तालचोकमा फोटोग्राफी तथा भिडियोग्राफी व्यवसाय सञ्चालन गर्दै आएका छन् ।


१० वर्ष शिक्षण पेशा हँुदै विद्यालय सञ्चालकको समेत अनुभव संगालेका तिवारीले स्नातकोत्तरसम्मको अध्ययनबाट सिकेका कुरालाई ध्यानमा राख्दै संघको ऐतिहासिक गरिमालाई परिस्कृत गर्दै व्यवसायीहरुको हकहितका लागि प्रविधिमैत्री वातावरण सिर्जना गर्नु नै पहिलो लक्ष्य भएको बताएका छन् ।

Advertisement


युवाहरुले स्वदेशमा नै केही गर्नुपर्छ भन्ने वातावरण उद्योग वाणिज्य संघले सिर्जना गर्नुपर्छ भन्ने मान्यता राख्दै आएका तिवारीले युवा लक्षित कार्यक्रममार्फत साना तथा मझौला व्यवसायीहरुको आवाज उठाउन पनि आफू महासचिव पदका लागि उपयुक्त ठानेको बताए ।


यता लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचनका लागि केही व्यवसायी नेताहरुले आफनो उम्मेदवारी घोषणा गरिसकेका छन् । कतिपय उम्मेदवार पर्ख र हेरको अवस्थामा रहेकाले अहिलेसम्म महासचिव पदका लागि जीवन तिवारी र वर्तमान कार्यसमितिकी उपमहासचिव जानुका अधिकारीका बिच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ ।


संघको अध्यक्ष बन्न तयार रहेको वर्तमान वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ, पूर्व महासचिव भरतकुमार अधिकारी, वरिष्ठ उदघोषक नेत्रपाणि बास्तोला, सल्लाहकार दयाराम तिवारी, पूर्वकार्यसमिति सदस्य धीरजकुमार श्रेष्ठ र शैलेन्द्रमोहन भट्टराईले अध्यक्ष पदमा आफनो दावा प्रस्तुत गरेका छन् ।


वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझा, प्रथम उपाध्यक्षमा गोपीचन्द्र बास्तोला र उपेन्द्रराज सुवेदी (राजु) को नाम चर्चामा छ । द्वितीय उपाध्यक्षमा विक्रम कर्माचार्यको नाम आएको छ ।


यता संघको उप महासचिवमा भरतराज ओझा, भीमबहादुर नेपाली काइँला र रामजी पौडेलले उम्मेदवारी दिने घोषणा गरेका छन् । कोषाध्यक्ष पदमा दुवैजना वर्तमान कार्यसमितिका सदस्य पुष्पमणि भण्डारी र ध्रुवबावु भट्टराईको नाम चर्चामा छ ।


खुला आठ सदस्य पदका लागि दीपक अधिकारी, घनश्याम ढुंगाना, बालकृष्ण तिवारी, वीरेन्द्र भुर्तेल, राजन बडगामी, अर्जुन भण्डारी, सूर्यप्रकाश ढुंगाना, सन्तोष सुवेदी, एलपी ढुगाना, झलक पौडेल, खेम गुरुङ, टीकाराम सापकोटा, राजकुमार ढकाल, भबिन पुन, रोशन अधिकारी, दयाराज भण्डारी, जनक तिवारी र असित सुवेदीले चनावी मैदानमा होमिने निर्णय गरिसकेका छन् । महिला सदस्यमा प्रभा पौडेल र एसोसियट सदस्यमा लेखनाथ होटल एसोसियसनका अध्यक्ष वीरभद्र कँडेलको नाम चर्चामा छ । लेउवासंघमा १ हजार ८ सय ६६ मतदाता छन् ।

तपाईको प्रतिक्रिया