अंग्रेजी शिक्षा विभागमा अनुसन्धान प्रबोधीकरण

समाधान संवाददाता २०८० साउन १४ गते १२:५६

पोखरा ।
अंग्रेजी शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पसमा भाषाको माध्यम सम्बन्धित नीति र यसको प्रभाव विषयमा ज्ञान प्रवोधीकरण कार्यक्रम भएको छ । विभागका सदस्य भूमिराज पण्डितले अंग्रेजी माध्यमबाट नेपाली माध्यममा स्थानान्तरण गरेको सामुदायिक विद्यालयमा आधारित रहेर गरेको अनुसन्धानबाट विद्यार्थीले मातृभाषामा सिक्न सहज अनुभूति गर्ने तथा सिकाउन समेत सहज हुने धारणा व्यक्त गरे ।


कार्यक्रमका सभापति एवं अंग्रेजी शिक्षा विभाग, पृथ्वीनारायण क्याम्पसका प्रमुख सहप्राध्यापक डा. नवराज न्यौपानेले अनुसन्धानको प्राप्तिले ज्ञानको क्षितिज फराकिलो बनेको धारणा व्यक्त गरे । कार्यक्रममा प्रस्तुत विषयवस्तुमा डा पितृराज बास्तोला, डा. पीताम्बर पौडेल, हिमलाल आचार्य, हरिश्चन्द्र भण्डारी, मदनप्रसाद बराल, र बोधराज गौतमले राखेका जिज्ञासाको उत्तर अनुसन्धानकर्ताले दिएका थिए । विभागीय प्रमुख डा. न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विभागका सदस्य युवराज दवाडीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया