लमजुङमा ३ सय घरेलु उद्योग दर्ता

समाधान संवाददाता २०८० साउन १५ गते १७:१८

लमजुङ ।
जिल्लामा आर्थिक वर्ष २०७९/८० मा २ सय ९१ घरेलु उद्योग दर्ता भएका छन् । १ वर्षको अवधिमा पर्यटन तथा साना उद्योग कार्यालय लमजुङमा २ सय ९१ नयाँ उद्योग दर्ता भएका हुन् ।


यस अवधिमा ३ सय ९८ घरेलु उद्योगको नवीकरण भएको कार्यालय प्रमुख मीताकुमारी थापाले जानकारी दिइन् ।सोही अवधिमा वाणिज्यतर्फ २ सय ८ नयाँ दर्ता भएका छन् भने ५ सय १८ को नवीकरण भएको छ ।


आव २०७८/७९ मा छ सय ८५ घरेलु उद्योग दर्ता भएका थिए । कार्यालय प्रमुख थापाका अनुसार सो अवधिमा २ सय ८२ घरेलु उद्योगको नवीकरण भएका थिए । वाणिज्यतर्फ ४ सय ८ नयाँ दर्ता भएका थिए भने ३ सय ७१ नवीकरण भएका उक्त कार्यालयले जनाएको छ ।

Advertisement

कार्यालयका अनुसार आव २०७७/७८ मा ९ सय ७०, आव २०७६/७७ मा ६ सय ६९, आव २०७५/७६ मा ४ सय ६८ आव र २०७४/७५ मा २ सय ६७ नयाँ उद्योग दर्ता भएका कार्यालयले जनाएको छ । बेँसीसहर बजार, सुन्दरबजार, भोटेओडार, सोती पसल भोर्लेटार लगायत स्थानमा उद्योग/व्यवसाय तथा पसल गर्नेको सङ्ख्या बढिरहेकाले नयाँ उद्योग दर्ता पनि बढेको कार्यालय प्रमुख थापाले सुनाइन् ।


दर्ता भएकामध्ये अधिकांश कृषि फर्म, सिलाइकटाइ, अलैँची, ब्युटिपार्लर, कृषि औजार, मौरीपालन, बंगुर फर्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत छन् । जिल्लामा हालसम्म ५ हजार ६ सय ६२ घरेलु उद्योग दर्ता भएको छ भने ५ हजार ३ सय ४५ वाणिज्य दर्ता भएको कार्यालयले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया