विन्ध्यवासिनी माविमा अक्षयकोष कार्यविधि

समाधान संवाददाता २०८० साउन १६ गते १२:३७

पोखरा ।
पोखराको विन्ध्यवासिनी माविमा रहेका अक्षयकोषहरु व्यवस्थित गर्न कार्यविधि बनाइएको छ । व्यवस्थापन समिति अध्यक्ष रवीन्द्र बाटाजुको समन्वयमा भएको कार्यक्रममा पोखरा २ का वडाध्यक्ष दिवसमान प्रधानांग र पोखरा महानगरका निमित्त कार्यकारी अधिकृत हेमप्रसाद आचार्यले विन्ध्यवासिनी अक्षयकोष सन्चालन कार्यबिधि २०८० सुरुआत गरे ।


सोही अवसरमा समाजसेवी भीमराज रेग्मी, सुशील प्रधानांग, रोशनी शेरचन, विकल शेरचन, मुक्तिरमण पराजुली, विजयराज रेग्मी, सुशीला रेग्मी, नारायणी पराजुली, नेत्रकुमारी पौडेल र सोमकला पौडेल पराजुलीले कोषमा सहयोग प्रदान गरे । उनीहरुले ‘लौन अभियान’मा जोडिएर शैक्षिक सुधारमा लाग्नसमेत आग्रह गरे ।


निमित्त कार्यकारी अधिकृत हेमप्रसाद आचार्यले सबै पक्षको सहकार्य र जिम्मेवारी बोधले मात्र शैक्षिक क्षेत्रमा अपेक्षित सुधार आउने उल्लेख गरे ।

Advertisement

तपाईको प्रतिक्रिया