डायमण्ड माविमा अभिमुखीकरण

समाधान संवाददाता २०८० साउन १६ गते १३:१०

लेखनाथ ।
पोखरा–२७, तालचोकमा अवस्थित डायमण्ड माविमा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण भएको छ । विद्यालयका संस्थापक निर्देशक माधवशरण उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य यामबहादुर रोकाले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै विद्यार्थीका रूचि र आवश्यकताअनुसारको शिक्षणमा विद्यालय सधैँ सचेत रहेको बताएका थिए । विद्यालयका व्यवस्थापकीय पक्षबारे विद्यालयका संस्थापक व्यवस्थापक हरिप्रसाद लामिछानेले जानकारीका गराएका थिए ।


कक्षा ११ को पाठ्यव्रmम, विद्यालयको शिक्षण पद्धति एवं विद्यालयका शैक्षिक गतिविधिका बारेमा जानकारीका साथमा प्लस २ मा अध्यापनरत सम्पूर्ण शिक्षकको परिचयको कार्यक्रम विद्यालयका शैक्षिक प्रमुख इन्जिनियर सञ्जीव थापाले गरेका थिए । कक्षा १२ मा अध्ययनरत विद्यार्थी सौरभ थापाले आफ्नो अनुभवीय मन्तव्यमा विगतमा भएका कमी कमजोरीबाट पाठ सिक्दै आगामी दिनमा आफ्नो भविष्यप्रति सचेत भई अध्ययनलाई अगाडि बढाउने संकल्प गर्दै भाइबहिनीहरूलाई सुन्दर भविष्यका लागि यो समय महत्वपूर्ण रहेको जानकारी गराएका थिए ।


अनुशासन नै विद्यार्थीको सफलताको पहिलो खुड्किलो भएकाले सबै विद्यार्थीलाई अनुशासित रहन आग्रह गर्दै विद्यालयको आचारसंहिताका बारेमा प्लस २ इन्चार्ज शिवप्रसाद लामिछानेले जानकारी दिएका थिए ।
विविध मनोरञ्जनात्मक गतिविधिका साथमा सम्पन्न कार्यक्रमका विद्यालय निर्देशक माधवशरण उपाध्यायले विद्यार्थीहरू नै विद्यालय गतिविधिका केन्द्र हुन् त्यसैले उनीहरूलाई नै केन्द्रमा राखेर विद्यालयका समग्र कार्यक्रमहरू तय भएको बताउँदै कार्यक्रमको समापन गरेका थिए । कार्यक्रम सञ्चालन विद्यालयकी शिक्षिका सविता ढुंगानाले गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया