‘अन्धविश्वासबाट टाढा भएमा परिवर्तन सम्भव’

समाधान संवाददाता २०८० साउन १६ गते १६:४६

पोखरा ।
गण्डकी प्रदेशमा ‘नेपालमा महिला सम्भावना र चुनौती’ विषयक प्रदेश स्तरीय सम्मेलन सम्पन्न भएको छ । नेपाल सारथि फाउन्डेसन र इक्नोमिक्स हब नेपालको संयुक्त आयोजनामा आइतबार पोखरा सभागृह हलमा सम्मेलन भएको हो ।


सम्मेलनको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री जितप्रकाश आले मगरले महिला स्वयं सशक्तीकरण हुन आवश्यक रहेको बताए । उनले राज्यको हरेक तहमा पुरुषभन्दा महिलाको उपस्थिति ज्यादा रहेको र सबै काम राज्यले मात्र गर्नुभन्ने भन्ने भावनाबाट बाहिर निस्किन आग्रह गरे । उनले समाजको सन्तुलित विकासका लागि राज्यमात्र नभई हरेक क्षेत्र लाग्नुपर्नेमा जोड दिए । उनले महिलाको वर्तमान अवस्थासँग जुध्न सक्यो भनेमा उदेश्य प्राप्ती हुने बताए ।


पोखराका मेयर धनराज आचार्यले पोखरामा सान्दर्भिक र महत्वपूर्ण कार्यक्रम गरेकोमा धन्यवाद व्यक्त गर्दै महानगरले गर्नुपर्ने सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले महिलाको सवालमा महानगर सधैं काम गर्न तत्पर रहेको सुनाउँदै अन्धविश्वासबाट टाढा भएमा परिवर्तन हुन सक्ने बताए ।

Advertisement


सारथि फाउन्डेसनका सिइओ आयुष अधिकारीले प्रादेशिक सम्मेलन सकिएपछि राष्ट्रिय सम्मेलन गर्ने बताए । नेपालमा महिलाको कस्तो अवस्था छ भन्ने बारे बुझ्न कार्यक्रमको आयोजना गरेको उनले सुनाए । उनले नेपालमा महिलाको शिक्षा, स्वास्थ्यको अवस्था बारे बुझ्नका लागि कार्यक्रमको आयोजना गरेको बताए ।


शुभारम्भ नेपालकी अध्यक्ष शोभादेवी भण्डारीले आफूहरुले लामो समयदेखी महिलाको आवाज वुलन्द पार्दै आएको सुनाइन् । दुरदराजका महिलाहरु अझै पनि लुटिने स्थिति रहेको र राज्यले त्यसतर्फ ध्यान नदिएको उनले बताइन् । राज्यले दिएको ३३ प्रतिशतको कार्यान्वयन नभएको उनले गुनासो पोखिन् । राज्यको संयन्त्रमा र सहभागितामा हेर्दा न्याय पूर्ण सहभागिता हुन नसकेको उनको भनाइ छ । कार्यक्रममा लक्ष्मी दाहाल, डा विनोदविन्दु शर्मा, मोतीलाल तिमिल्सिना, डा अञ्जली सुवेदी, डा सरस्वती, विना सिवाल, कोपिला नेपाल डाइरेक्टर शोभा भण्डारी लगायतको सहभागिता थियो ।

Advertisement


सम्मेलनमा शुभारम्भ नेपाल, योग इकोनोमिस्ट सोसाइटी नेपाल र आशीर्वाद क्लब अफ नेपालले सहआयोजकमा साथ दिएको सम्मेलनका निर्देशक अंकित सुवेदीले जानकारी दिए । सम्मेलनमा अवसर स्वास्थ्य र कानुनका विषयमा अन्तक्र्रिया भएको थियो । महिलाका लागि अवसर सिर्जना गर्नु, उनीहरुको स्वास्थ्यमा ध्यान दिन र महिलालाई कानुनका विषयमा ज्ञान दिनु सम्मेलनको मुख्य उद्देश्य रहेको निर्देशक सुवेदीले बताए । काठमाडौंमा भदौ २९ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।

तपाईको प्रतिक्रिया