पोखरा १२ मा ब्युटिसियन तालिम

समाधान संवाददाता २०८० साउन १७ गते १०:५८

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १२ को आयोजनामा ३ महिने ब्युटिसियन तालिम आयोजना भएको छ । बुद्धचोकमा रहेको बबी ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा वडाभित्र रहेका महिलालाई लक्षित गरी आयोजना गरिएको तालिम पोखरा १२ का अध्यक्ष सन्तोष बास्तोलाले समापन गरे ।


अध्यक्ष बास्तोलाले आगामी दिनमा पनि युवालाई लक्षित गरी विभिन्न सीपमुलक तालिमलाई निरन्तरता दिइने बताए । तालिम संयोजक शान्ति कोइरालाले पोखरा १२ भित्र रहेका महिलालाई स्वरोजगार र उद्यमी बनाउन तालिम आयोजना गरिएको बताइन् ।


प्रशिक्षक सिनियर ब्युटिसियन बबिता केसी कार्कीले युवा भोलिका दिनमा स्वरोजगार तथा आत्मनिर्भर हुनका लागि अहिले विभिन्न किसिमका सीप सिक्न आवश्यक रहेको जनाइन् । प्रशिक्षार्थी लक्ष्मी कोइरालाले वडाले आयोजना गरेको तालिममा सिकेको कुरालाई व्यवहारमा उतार्ने प्रण गरिन् । तालिममा १५ जना सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया