लेउवा संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रको आकांक्षा

समाधान संवाददाता २०८० साउन १७ गते १४:५८

लेखनाथ ।
लेखनाथ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र ओझाले उम्मेदवारी घोषणा गरेका छन् । संघको वर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष भएर काम गरिरहेका उनले आसन्न निर्वाचनका लागि बुधबार पत्रकार सम्मेलन गरी वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।


संघको १४ औं अधिवेशन आगामी भदौ २२ र २३ गते हुँदैछ । ‘सिर्जनाशीलता, उद्यमशीलता र आर्थिक समृद्धि आजको आवश्यकता’ मूल नाराका साथ उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।


संघको दसौं १०औं अधिवेशन २०७२ मा कार्यसमिति सदस्य भएका उनी सोही वर्ष लेखनाथ महोत्सवको उपसमिति संयोजक भएर समेत काम गरे । सूचना प्रविधि उपसमिति संयोजक भएर पनि संघमा उनले सो कार्यकालमा योगदान पु¥याएका थिए । ११औं अधिवेशन २०७४ मा कोषाध्यक्षमा निर्वाचित भएका उनले कृषि उपज, वाटर फन्ट, व्यावसायिक महल, स–शुल्क ज्येष्ठ नागरिक व्यवस्थापनमा विशेष योगदान गर्न सफल भए ।

Advertisement


लामो समय संघमा आवद्धता भएर संगालेको अनुभव बटुलिसकेको र उक्त ज्ञान र अनुभवलाई भरपुर सदुपयोग गर्न चाहेको ओझाले सुनाए । आजको युग सूचनाको युग भएकाले सूचना प्रविधिको सही सदुपयोग गर्दै संघको कार्यशैलीमै व्यापक परिवर्तन ल्याउन सक्ने उनले दाबी गरे । ‘साना व्यवसायीदेखि उद्योगीहरु सबैलाई समेट्दै व्यावसायिक वातावरण तयार पार्ने, उद्यमशीलताको विकास गर्ने र लेखनाथलाई कृषि र पर्यटनको माध्यमबाट विकास गर्न सकिने योजना छन्,’ उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया