
जोमसोम ।
मुस्ताङमा यार्साबाट १४ लाख ४ हजार राजस्व संकलन भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण आयोजना ईलाका संरक्षण कार्यालय जोमसोम मातहतका ४ संरक्षण व्यवस्थापन समिति (सिएएमसी) ले आर्थिक वर्ष २०७९/०८० मा यार्सा संकलन अनुमतिपत्र बापत १३ लाख ३० हजार र एक्याप छोडपुर्जीबाट १ लाख ४ हजार राजस्व संकलन गरेका हुन् ।
मुस्ताङका ३ स्थानीय तहका ९ लेकका सिएएमसीमध्ये ४ वटाले मात्र यसव र्ष यार्सा संकलन अनुमति पत्र दिएका थिए । थासाङ गाउँपालिका वडा १ र २, घरपझोङ ४ जोमसोम र वारागुङ मुक्तिक्षेत्र १ मुक्तिनाथले यार्सा संकलन अनुमतिपत्र वापत राजस्व संकलन गरेको एक्याप जोमसोमले जनाएको छ । तर, कुञ्जो, लेते, मार्फा, कागबेनी र झोङ गाउँका सिएएमसीहरुले यार्सा संकलन अनुमति दिएनन् ।
यो वर्ष यार्सा संकलकबाट लेकमा जानेसँग प्रवेश अनुमती वापत १३ लाख ३० हजार संकलन भएको हो । वारागुङ मुक्तिक्षेत्र १ मुक्तिनाथ सिएएमसीले सबैभन्दा धेरै ७ लाख ८० हजार राजस्व संकलन गरेको छ । घरपझोङको जोमसोम सिएएमसीले ३ लाख १० हजार, थासाङ २ को कोवाङ सिएएमसीले १ लाख ७० हजार र थासाङ १ टुकुचे सिएएमसीले सबैभन्दा कम ३० हजार यार्सा अनुमतिपत्र वापत राजस्व संकलन गरेको एक्याप जोमसोमकी रेन्जर धनु गुरुङले जानकारी दिईन् ।
मुस्ताङमा यस वर्ष साँढे ३ केजी यार्सा जिल्लाबाहिर निर्यात भएको छ । मुस्ताङका लेंकमा संकलन गरिएको यार्सा गोर्खाबाट आएका २ व्यापारीले खरिद गरी छोडपुर्जी लैजादा १ लाख ४ हजार राजस्व संकलन भएको हो । उक्त राजस्व स्थानीय स्तरमा नभई सरकारी राजस्व कोषमा दाखिला भएको रेन्जर गुरुङले उल्लेख गरिन् ।
गोर्खाका व्यापारीमध्ये एक जनाले २ केजी ३ सय ५५ ग्राम र अर्का व्यापारीले १ केजी २२ ग्राम यार्सा लगेका थिए । यार्सा तथा अन्य हिमाली जटिबुटी जिल्लाबाहिर निर्यात गर्दा खरिदकर्ताले स्थानीय तहको वडा कार्यालय, प्रहरी, सिएएमसी र एक्याप कार्यालयको सहमतिमा छोड पुर्जी लिनुपर्ने हुन्छ । यसरी निर्यात गर्दा वडा कार्यालय पनि खरिदकर्ताबाट बेग्लै राजस्व लिइन्छ ।
तर, मुस्ताङका एक्याप मातहतका सिएएमसीले यार्सा तथा अन्य जटिबुटीबाट उठाएको रकम उनीहरुले नै राख्न पाउँछन् । सीएएमसीले संकलन गरेको रकम सामाजिक कार्य तथा आन्तरिक प्रयोजनमा खर्च गर्ने गरेका छन् ।
मुस्ताङमा बर्सेनि बैशाखदेखि असारसम्म यार्सा संकलन हुन्छ ।
यहाँ संकलन गरिएको यार्सा आन्तरिक फुटकर रुपमा बिक्री हुने गरेकाले निर्यातबाट खासै ठूलो राजस्व उठ्दैन । यार्सा संकलन गर्न रोल्पा, दाङ, धादिङ, गोर्खा, बाग्लुङ र म्याग्दीबाट मानिस मुस्ताङ आउँछन् भने केही मुस्ताङले पनि यार्सा जम्मा गर्ने गरेका छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







‘समयसापेक्ष पाठ्यक्रम आवश्यक’
प्रगतिटोलमा योग शिविर
दीपशिखा सहकारीको सभा
रेडक्रसको ह्विलचेयर सहयोग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया