लामेआहालमा फोहोर विसर्जन

समाधान संवाददाता २०८० साउन २३ गते १३:४८

पोखरा
पोखरा महानगरपालिकाले महनगरभित्रको फोहोर लामेआहालमा रहेको अस्थायी ल्यान्डफिलमै फालेको छ । स्थानीयले अवरोध गरेपछि १२ दिनदेखि नउठेको फोहोर मंगलबारदेखि उठाएर लामेआहाल पु¥याएको थियो ।

बिहानैबाट फोहोर ल्यान्डफिल पुगेका ३० गाडी फोहोर लामेआहालमा विर्सजन गरिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले लामेआहालमै फोहोर फाल्ने निर्णय गरेको थियो । स्थानीयले अवरोध गर्नसक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मी परिचालन गरिएपनि विना अवरोध फोहोर विसर्जन भइरहेको महानगरपालिकाले जनाएको छ ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया