सामसङ ग्यालेक्सी जेड फ्लिप ५/जेड फोल्ड ५ पोखरामा
रिटेलर मिट गरी नयाँ शृंखलाका फोल्डेबल सामसङ मोबाइल सार्वजनिक गरिएको हो

पोखरा ।
सामसङ नेपालले पोखरामा मंगलबार रिटेलर मिट कार्यक्रम आयोजना गरेको छ । रिटेलर मिटमा नयाँ फोल्डयोग्य उपकरणहरुका साथमा कारोबार गर्ने प्रतिष्ठित २० जनाभन्दा बढी व्यापारी साझेदारहरुको सहभागिता थियो ।
हालै बिक्री सुरु गरिएका नयाँ मोडलहरु ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ का विशेषताबारे जानकारी गराइएको थियो । ती मोबाइलका विशेषताहरु पकेटेबिलिटी, कभर स्क्रिन, फ्लेक्स मोड, वाइड स्क्रीन, इमर्सिभ भिउइङ, सेल्फी र आइपिएक्सएट जानकारी गराइएको थियो ।
‘दुवै ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ लाई धेरै टिकाउपनाको अपेक्षा पूर्ति गर्ने गरी सावधानीपूर्वक निर्माण गरिएको छ,’ कम्पनीले भनेको छ, ‘मुख्य स्क्रिन सक डिस्पर्सन तहका साथ जडान गरिएको छ र अत्याधिक सलिड डिस्प्लेका लागि पुनः डिजाइन गरिएको छ ।’
ती मोबाइल सेटमा आइपिएक्सएटको समर्थन, आर्मर अलुमिनियम फ्रेमहरु, र गोरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विन्डो र पछाडि कभर दुवैतिर गरिएको छ । ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ले ग्राहकहरुलाई अपेक्षाकृत संरक्षण प्रदान गर्ने कम्पनीको दाबी छ । कम्पनीका तर्फबाट रवि क्षेत्रीले मोबाइलका विशेषताहरुबारे जानकारी प्रस्तुत गरेका थिए ।
ग्यालेक्सी जेड फ्लिप ५ ले स्व-अभिव्यक्तको लागि निर्मित खल्ती आकारको उपकरणमध्येबाट स्टाइलिस,
उत्कृष्ट फोल्ड गर्न योग्य अनुभव प्रदान गर्ने कम्पनीले बताएको छ ।
यो मोबाइल तीन प्रकारका रङहरु मिन्ट, लाभेन्डर र कालोमा उपलब्ध छ । यो एकै प्रकार (८ प्लस २५६ जिबी) मा मात्र उपलब्ध छ र यसको मूल्य १ लाख ३९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ ।
ग्यालेक्सी जेड फोल्ड ५ मा वाइड स्क्रिन छ । धेरै समय चल्ने ब्याट्री यसको अर्को विशेषता हो । हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जहाँ पनि लैजान सजिलो छ । ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्ने कम्पनीको भनाइ छ । ग्यालेक्सी जेड फोल्ड ५ कालो र हल्का नीलो २ प्रकारका दामी रङहरुमा पाइन्छ । १२ जिबी मेमोरी सहितका २५६ जिबी र ५१२ जिबी भण्डारण क्षमता भएका २ प्रकारमा उपलब्ध छन् ।
ग्यालेक्सी जेड फोल्ड ५ (१२ प्लस२५६ जिबि) को मुल्य रु.२२६,९९९/ र ग्यालेक्सी जेड फोल्ड ५ (१२प्लस५१२ जिबि) को मूल्य २ लाख ३९ हजरा ९ सय ९९ रुपैयाँ छ ।
यी मोडलहरुको प्रिअर्डर साउन २२ गतेदेखि नै सुरु भइसकेको छ । हरेक फोल्डयोग्य डिभाइसको प्रि- अर्डरमा ग्राहकहरुले २५ हजार रुपैयाँसम्मको फाइदा हुने छुटाउनै मुस्किल पर्ने केही आकर्षक उपहारहरु पनि रोज्न सक्छन् । प्रि अर्डर उपहारहरु यसप्रकार छन् ।
ग्राहकहरुले सामसङ इन्स्टा फाइनान्स प्रयोग गरी शून्य प्रतिशत ब्याजमा प्रति महिना ७ हजार रुपैयाँसम्मको न्यूनतम इएमआइ तिरेर फोन किन्न सक्छन् । सामसङ इन्स्टा फाइनान्स २२ वटा सामसङ एक्स्पेरियस् स्टोरको साथै देशभरिका २०० भन्दा बढी पसलहरुमा उपलब्ध छ ।
ग्राहकहरुले आफ्नो मोबाइलको स्तरोन्नति गर्न चाहेमा एक्सेन्ज सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ । सामसङले एकपटकका लागि एनएलजी इन्सुरेन्ससँगको सहकार्यमा ब्रेकेज बिमा सेवा पनि उपलब्ध गराएको छ । एक वर्षभित्रमा एकपटकका लागि प्रोटेक्टिभ फिल्म बदल्ने सेवा पनि प्रदान गरेको छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया