पोखराकी मोनिकालाई मलेसियामा अवार्ड

समाधान संवाददाता २०८० भदौ ५ गते ११:२९

पोखरा ।

पोखराकी मोनिका थापा ‘गोल्डेन ग्लोवल आइकोनिक अवार्ड–२०२३’ बाट मलेसियामा सम्मानित भएकी छन् । जोन्टा क्लब अफ पोखराकी अध्यक्ष थापालाई युनिभर्सिटी कलेज माविप इन्टरनेसनल र फार्मासेटिकल रोयल इन्टरनेसनल सोसाइटी मलेसियाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा गरिएको हो ।


हिमालयन हाइड्रोपावर लिमिटेड, सुपर घलेम्दी हाइड्रोपावर प्रालि तथा पोखरा मन्टेसरी किन्डर होम नेपालकी निर्देशकसमेत रहेकी थापालाई शैक्षिक र सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिउको हो । थापालाई युनिभर्सिटी कलेज माविप इन्टरनेसनलका भाइस चान्सलर डा.भान, थाइल्यान्डका पूर्व गर्भनर डा यानाकोर्न, प्रिजल फाउन्डेसनका प्रेसिडेण्ट प्रिती ताग्रे, टर्कीका डा निजम लगायतले अवार्ड प्रदान गरे ।

Advertisement


थापाले यो अवार्डले शैक्षिक तथा सामाजिक क्षेत्रमा लाग्न थप हौसला मिलेको सुनाइन् ।

Advertisement

तपाईको प्रतिक्रिया