परमेश्वर मण्डली विश्व सुसमाचार समाजको पोखरामा रक्तदान कार्यक्रम

समाधान संवाददाता २०८० भदौ १० गते २०:०९

पोखरा ।

परमेश्वरको मण्डली विश्व सुसमाचार समाज पोखराले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार पोखराको सभागृह स्थित समाजले रक्तदान कार्यक्रम आयोजना गरेर १ सय ५२ युनिट रगत संकलन गरिएको हो ।

‘निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेमको विश्वव्यापी अभियान’ अन्तर्गत आइतबार पोखरामा गरिएको कार्यक्रम १२३७ औं पटक गरिएको रक्तदान कार्यक्रम हो । यसअघि पनि परमेश्वरका मण्डली समाजले देशभरी यस्ता कार्यक्रम गर्दै आएको छ । पोखरामा पनि प्रत्यक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको समाजका मिसिनरी सुरज बजगाईंले बताए । कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार सेवा, कास्कीले प्राविधिक रूपमा सहयोग गरेको थियो । कार्यक्रममा ड्यासमा बसेका अतिथिहरूले कार्यक्रमको प्रशंसा गर्दै रक्तदान जीवनकै एउटा महत्तवपूर्ण कार्यक्रम भएको बताए ।

Advertisement


पोखरामा पछिल्लो समय रगतको अभाव हुदै गएकाले यस रक्तदानले आवश्यक भएका बिरामीहरुको जीवनमा अमुल्य योगदान पुग्ने क्षेत्रीय रक्तसंचार सेवा वरिष्ठ प्राविधिक महेन्द्र केसीले बताए । वर्तमान समयमा रगतको माग बढ्दै गएकाले समाधान गर्न धेरैभन्दा धेरै रगत संकलन गर्नुपर्ने उनले बताए । वर्तमान समयमा डेंगुको कारणले रगत अभावका भइरहेको अवस्थामा रक्तदान कार्यक्रमले रहत पुगेको केसीले बताए । ‘डेंगु संक्रमण भएपछि प्लेटोको कमिले यस्ता विरामीलाई रगत अत्यावश्यक छ । रगतको अभाव हुन नदिन मण्डली समाजले गरेको काम सराहनीय छ,’ उनले भने । उनले मानिसको शरिरमा खेरा जाने रगतलाई दान गर्न सके स्वास्थ्य पनि राम्रो हुने बताए । ‘१८ वर्ष पूरा भएका साथिहरुलाई रक्तदानमा सरिक हुन आह्वान पनि गर्छु । प्रत्यक वर्ष रगतको माग बढ्दो छ । यो अभाव कम गर्न तपाईंहरुको सहयोग गर्न आवश्यक छ,’ उनले भने ।


Advertisement

कार्यक्रममा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले प्रमुख अतितिका रुपमा सहभागी भएकी थिइन् । उपमेयर गुरुङले रगत अभावबाट उपचार नपाएकाहरुलाई यस्ता कार्यक्रमले राहत मिल्ने विश्वास लिइन् । ‘रगत अवाभकै कारणले अस्वभाविक मृत्यु कसैको नहोस् भनेर नै यस्ता कार्यक्रम गर्न आवश्यक छ । रक्तदान कार्यक्रमले ददनाक अवस्थाका अन्त्य हुन्छ भन्ने विश्वास छ । यस्ता कार्यक्रम गर्ने तपाईंहरुलाई सम्मान गर्न चाहान्छु,’ उपमेयर गुरुङले भनिन् ।


परमेश्वरका मण्डली समाजको गण्डकी उपाध्यक्ष तथा सभाका अध्यक्ष पास्टर शुकलाल माझीले रक्तदान कार्यक्रममा सहभागी भएर सहयोग गर्ने सदस्यहरुलाई धन्यवाद दिए । उनले आफ्नो समाजमा कास्कीमा १५ हजार सदस्य जोडिसकेको बताए । आगमी दिनमा पनि यस्ता सामाजिक कार्यमा आफ्नो समाज जोडिने उनले सुनाए । ‘यसअघि पनि हामीले सरसफाइ र रक्तदान कार्यक्रम गर्दै आएको थियौं । आगमी दिनमा पनि यस्ता काममा जोडिन्छांैं,’ उनले भने । कार्यक्रममा बालकुमार लुइटेल, प्रगती आमा समूहकी अध्यक्ष कुलमाया क्षेत्री पौडेल बोलेका थिए भने मिसिनरी सुरज बजगाईंले कार्यक्रम सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया