लघुकथा वाचनको ५३ औं शृंखला

समाधान संवाददाता २०८० भदौ ११ गते १२:२७

पोखरा ।

लघुकथा प्रतिष्ठान पोखराको नियमित रचनावाचनको ५३ औं शृंखला शनिबार भएको छ । कार्यक्रममा साहित्यकार सरुभक्तले लघुकथाले भिन्नै उचाइ प्राप्त गर्दै गएको र यसको समयानुकूल विकासका लागि निरन्तर सिर्जना, साधना, बहस र अन्तक्र्रिया आयोजना गर्दै जानुपर्ने बताए ।


कवि तीर्थ श्रेष्ठले ३० को दशकमा प्रांगण पत्रिका प्रकाशन गर्ने गरेको इतिहास सम्झँदै त्यही पत्रिकाबाट लघुकथासमेत सुनाए । प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रममा सरूभक्त, तीर्थ श्रेष्ठ, लक्ष्मण थापा, डा ईश्वरमणि अधिकारी, रमेशचन्द्र घिमिरे, दीपक समीप, डा भूमिराज बस्ताकोटी, कल्याण पन्त, रुपिन्द्र प्रभावी, गीता तिवारी, शुभ शर्मा, ढाकामोहन बराल, लक्ष्मी देवकोटा, लाल कार्की अञ्जान, शिबु ढकाल, विष्णु बास्तोला, तारानाथ पराजुली लगायतले कथावाचन गरेका थिए ।
कार्यक्रममा संस्थाका सचिव अमृत र उपाध्यक्ष कल्याण पन्तले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया