जिल्ला स्तरीय चित्रकलामा कृष्टिना प्रथम

समाधान संवाददाता २०८० भदौ १५ गते १९:४१
फोटोः राजकुमार गुरुङ

पोखरा ।

कस्कीमा विद्यालय स्तरीय चित्रकला प्रतियोगितमा रिलायन्स पब्लिक बोडिङ स्कुलकी कृष्टिना गुरुङ प्रथम भएकी छिन् । ‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’ भन्ने नाराका साथ १६ औं पुस्तकालय दिवसका अवसरमा शुक्रबार पोखरा सार्वजनिक पुस्ताकालय तथा अमेरिकन कर्नर पोखराले आयोजना गरेको चित्रकला प्रतियोगितामा कार्यक्रममा कक्षा ९ मा पढ्ने कृष्टिना प्रथम भएकी हुन् । प्रतियोगितमा उनले ७ हजार नगदसहित मेडल र प्रमाणपत्र पाएकी हुन् ।


‘पठन संस्कृत र पुस्तकालय र वातावरण र विकास’मा केन्द्रित भएर गरिएको चित्रकला प्रतियोगितमा कास्कीका ४८ वटा विद्यालयबाट १ सय ७ जना विद्यार्थी चित्रकलामा सहभागी भएका थिए । जसमा छात्रा ४५ र छात्रा ६२ जना सहभागी भएका हुन् । प्रतियोगितामा मदरल्यान्ड सेकेन्डरी विद्यालयकी अक्षता दाहाल द्धितिय भएकी हुन् । कक्षा १० मा पढ्ने दाहालले ५ हजार नगदसहित प्रमाणपत्र र मेडल पाएकी हुन् ।

Advertisement

पोखरा सार्वजनिक पुस्ताकालयका अध्इक्ष प्राध्यापक डाक्टर विश्व श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रगति सेकेन्डरी विद्यालयकी कक्षा १० मा पढ्ने दीवान गुरुङ तृतीय तेस्रो भएका हुन् । उनले ४ हजार नगदसहित प्रमाण पत्र र नगद हात पारे । यस्तै, कुमुदिनी होम्सका कक्षा १२ मा पढ्ने सदिक्षा राना र न्यु मोर्डल सेकेन्डरी विद्यालयका कक्षा १० की अनुष्का साह शान्त्वना भएकी हुन् । जिल्ला स्तरीय प्रतियोगिताको कार्यक्रम वरिष्ठ कलाकार गोपाल श्रेष्ठले सञ्चालन गरेको थिए । भने प्रतियोगिताको निणार्यक कलाकारद्वष् दलबहादुर गुरुङ र ऋविन्द्र गुरुङले गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया