मट्टिखानमा तीज उत्सव हुने

समाधान संवाददाता २०८० भदौ १७ गते १९:३१

पोखरा
स्याङ्जा र कास्कीको संगम स्थल मट्टिखानमा भदौ ३० देखि असोज १ गतेसम्म मट्टिखान तीज उत्सव -२०८० हुने भएको छ । मट्टिखान जेल्टनम्येन क्लवको आयोजनामा मट्टिखान तीज उत्सव -२०८० हुन लागेको हो ।

उक्त उत्सवमा तीज गित प्रतियोगिता, खुल्ला भलिबल प्रतियोगिता, डोरी तान्ने प्रतियोगिता, कुर्सि दौड प्रतियोगिता, खुल्ला टेबल टेनिस प्रतियोगिता, भेट्रानस भलिबल प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता, छेलो फाल्ने प्रतियोगता सञ्चालन हुने क्लवका अध्यक्ष दिपेश क्षेत्रीले जानकारी दिए ।

कार्यक्रममा महिलाको तीज गित प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथमलाई ४४ हजार ४ सय ४४, द्वितीयलाई २२ हजार २ सय २२, तृतीयलाई ११ हजार १ सय ११ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । डोरी तान्नेतर्फ प्रथमलाई ४ हजार र द्वितीयलाई २ हजार, कुर्सि दौड प्रतियोगितामा प्रथमलाई ३ हजार र द्वितीयलाई १ हजार ५ सय प्रदान गरिनेछ ।

Advertisement

छेलो फाल्ने प्रतियोगितामा प्रथमलाई ५ हजार प्रदान गरिनेछ । अन्य प्रतियोगिताका विजेता उपविजेतालाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

३ दिनसम्म चल्ने उक्त कार्यक्रम स्थान चण्डि डाँडा माध्यमिक विद्यालय फेदिखोला -१ मट्टिखानमा आयोजना हुने क्लवका सचिव उत्तम गुरुङले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया