मुख्यमन्त्रीलाई मध्यपहाडी राजमार्ग पीडितको ज्ञापन

समाधान संवाददाता २०८० भदौ १८ गते १२:५६

पोखरा ।
१७ भदौ मध्यपहाडी राजमार्गको पोखरा १६/१९को रेखांकन परिवर्तन गर्न माग राखी आन्दोलन गरिरहेको पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना पीडित संर्घष समितिले गण्डकी प्रदेशका मुखयमन्त्री सुरेन्द्र पाण्डेसमक्ष ज्ञापन पत्र पेश गरेको छ ।


पटक पटक आन्दोलन गर्दा पनि मागमा सुनुवाई नभएको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको समिति अध्यक्ष गोविन्दबहादुर बस्नेतले बताए । मुख्यमन्त्री पाण्डेले पीडितका मागप्रति आफु सकारात्मक रहेको र मागका विषयमा केन्द्र सरकारसँग कुरा राख्ने प्रतिवद्धता गरे ।


समितिका अध्यक्ष बस्नेतले सोही रेखांकन अनुरुप काम भएमा पोखरा १६ र १९ का करिब ३ सय घरधुरीको उठिवास लाग्ने, प्राकृतिक गुफाको रुपमा विश्वभर परिचित महेन्द्र र चमेरे गुफा संकटमा पर्ने तथा सरकारी र निजी विद्यालय नै मासिने दाबी गरे ।

Advertisement

तपाईको प्रतिक्रिया