सिड फाउन्डेसन २० वर्षमा

समाधान संवाददाता २०८० भदौ १९ गते १३:५२

लेखनाथ ।
वातावरण र शिक्षाको क्षेत्रमा काम गर्दै आएको सिड फाउन्डेन कास्की २० औं वर्षमा प्रवेश गरेको छ । कास्कीका ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीका लागि पोशाक तथा विद्यार्थी प्रत्साहनका लागि खाजा कार्यक्रम यसले चलाउँदै आएको छ ।


संस्थाले यहाँ रहेका ताल तलैयाको सरसफाइदेखि वातावरण संरक्षणका अभियान सञ्चालन गर्ने गरेको छ । संस्थाले सो अवसरमा समाज रुपान्त्रणमा युवाको भूमिकाबारे छलफल गरेको छ । कार्यक्रममा प्रशिक्षक सुभास पौडेलले समाज सुधारका लागि पहिलो अभियान आफूबाट सुरु गर्दै टोल, गाउँ र समुदाय हुँदै सिंगो राष्ट्रलाई युवाले परिवर्तन गर्न सक्ने हुँदा युवा नेतृत्व लिनका लागि पछि पर्न नहुने सुझाव दिए ।


फाउन्डेसन अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका निर्देशक दामोदरभत्त, थापाले सस्थाले गरेका काम र भविष्यमा गर्नुपर्ने कामबारे प्रकाश पारे । कार्यक्रममा पोखरा ३१ क वडा सदस्य विनोदमणि लामिछाने, संस्थाकी उपाध्यक्ष सुशीला गुरुङ, सहसचिव शिव घिमिरे लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया