बाढी पीडितका लागि साढे ५ लाख

समाधान संवाददाता २०८० भदौ २१ गते १०:४९

जोमसोम ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ कागबेनीका बाढी पीडितका लागि संकलन गरिएको राहत मंगलबार पालिकालाई हस्तान्तरण गरिएको छ । मार्फा थकाली युवा सञ्जालकी अध्यक्ष सुकु हिराचनले गाउँपालिका अध्यक्ष रिङझिङ नाम्गेल गुरुङलाई ५ लाख ६३ हजार ६ सय २० रुपैयाँ चेक हस्तान्तरण गरिन् ।


अध्यक्ष हिराचनको पहलमा मार्फा थकाली समुदाय अन्तर्गतका सहयोग संकलन गरिएको हो । रकम हस्तान्तरण गर्न अध्यक्ष हिराचनसहित सदस्य निरु हिराचन पोखराबाट मुस्ताङ आएका थिए । उनीहरुले प्रभावित क्षेत्रको पालिका कार्यालयमा पुगेर स्थानीय तहको विपद् उद्दार राहत कोषमा जम्मा गर्न चेक हस्तान्तरण गरेका हुन् ।


राहत हस्तान्तरणका लागि नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाका अध्यक्ष सुन्दरकुमार थकाली, घरपझोङ मार्फाका गाउँ मुखिया सूर्यमान लालचन र गाउँ मुखिया कविन्द्र ज्वाहारचन लगायतले सहजीकरण गरेका थिए ।

Advertisement


वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष गुरुङले हस्तान्तरण भएको रकम विपद् पीडितको उद्धारमा खर्च गरिने जानकारी दिए । संस्थाकी अध्यक्ष हिराचनले प्राकृतिक विपदमा परेकाको सहयोगका लागि विगतदेखि आर्थिक राहत संकलन गरी सम्बन्धित क्षेत्रमा सहयोग गर्ने गरेको सुनाइन् ।

Advertisement

तपाईको प्रतिक्रिया