सुजलले ल्यायो डिलाइट

समाधान संवाददाता २०८० भदौ २१ गते १०:५१

पोखरा ।
सुजल फुड्स प्रालिले नयाँ उत्पादन डिलाइट डेरी ह्वाइटनर बजारमा ल्याएको छ । सुजलले दूध तथा दुग्ध पदार्थको बजारीकरण सुरु गर्दै डिलाइट बजारमा ल्याएको हो ।


विराटनगर, इटहरी, वीरगञ्ज, जनकपुर, वुटबल, भैरहवा, तुल्सीपुर, नेपालगञ्ज, धनगढी, सुर्खेत, महेन्द्रनगर जस्ता देशका मुख्य सहरमा डिलाइट उपलब्ध भइसकेको कम्पनीले जनाएको छ । पोखरा र यस आसपासका क्षेत्रमा समेत डिलाइट उपलब्ध रहेको प्रालिले जनाएको छ ।


डिलाइट २ प्याकमा बजारमा उपलब्ध छ । ८ सय ग्रामको ९ सय र ४ सय ग्रामको ४ सय ७० मूल्य तोकिएको छ । देशका विभिन्न ठाउँमा संकलित दूधलाई उच्च कोटीको नयाँ प्रविधिबाट गुणस्तर मापनपछि अत्याधुनिक मेसिन प्रयोग गरि यसको उत्पादन गरिएको हो । गाई र भैँसीको दूधको प्राकृतिक तत्व र पोषिलो स्वादले भरिपूर्ण डिलाइट चिया, कफीका साथै अन्य दूधका परिकारलाई अझै स्वादिष्ट बनाउन प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ ।

Advertisement


अन्य डेरी ह्वाइटनरको तुलनामा यो बाक्लो हुनुका साथै यसको अत्याधुनिक अल्ट्रा ड्राइङ स्प्रे प्रविधिले समान मिश्रण कायम गरी मनतातो पानीमा तुरुन्तै धुल्ने कम्पनीले जनाएको छ । मेटालिक प्याकेजिङका कारण यो १ वर्षसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ ।


सुजल डेरी अत्याधुनिक मेसिन र प्रविधि युक्त नेपालको निजी क्षेत्रको अग्रणी कम्पनी हो । आइएसओ २२०००ः २०१८ प्राप्त यसले दैनिक २ लाख लिटर दूध प्रशोधन गर्ने क्षमता राख्छ । देशको अग्रणी कन्फेक्सनरी तथा खाद्य कम्पनी सुजल फुड्स प्रालि लक्ष्मी ग्रुप अन्तर्गतको कम्पनी हो ।

Advertisement

तपाईको प्रतिक्रिया