मानव सेवालाई कर्मचारी युनियनको साथ

समाधान संवाददाता २०८० भदौ २१ गते १२:४१

पोखरा ।
नेपाल निजामति कर्मचारी युनियन कास्कीले संस्थाको स्थापना दिवसको अवसरमा फलफूल तथा खाद्यान्न वितरण गरेको छ । युनियन कास्कीले मंगलबार पोखरा २५ हेमजा रहेको मानव सेवा आश्रममा सहयोग गरेको हो ।


कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश सदस्य प्रकाश बराल, नेपाली कांग्रेस कास्की सहसचिव नवीन सिग्देल र नेपाल निजामति कर्मचारी युनियन कास्की अध्यक्ष सुरेशकुमार श्रेष्ठले मानवसेवा आश्रम हेमजाकी कार्यालय सचिव सञ्जु मोक्तानलाई ती सामग्री हस्तान्तरण गरे ।


प्रदेश सदस्य बरालले सकारात्मक र समपर्ति सोचका साथ युनियनले काम गरेको बताए । कांग्रेस कास्कीका सहसचिव सिग्दलेलले जनसेवासँगै मानव सेवामा जोडिने काम गरेकोमा युनियनलाई धन्यवाद दिए ।

Advertisement


हेमजाकी कार्यालय सचिव मोक्तानले सबैको सहयोगबाट नै आश्रम सञ्चालन भएको जनाइन् । नेपाल निजामति कर्मचारी युनियनको संयोजनमा निजामती सेवा दिवसको अवसरमा भदौ २२ गते बिहान खुला रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

संस्थाका अध्यक्ष सुरेशकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक लक्ष्मीभद्र वाग्लेल स्वागत र सहसचिव जीवननाथ शर्मा मरासिनीले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया